तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ४, २०७३
|
|
२७७ पटक हेरिएको
Shares
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…

सारांश

  • काठमाडौँ, ४ पुस ।
  • नेकपा (एमाले) ले युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
  • एमालेका महासचिव इश्वर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभीमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय तिवारीको हत्याले उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको आशंका पैदा भएको जनाइएको छ ।

काठमाडौँ, ४ पुस । नेकपा (एमाले) ले युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

एमालेका महासचिव इश्वर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभीमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय तिवारीको हत्याले उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको आशंका पैदा भएको जनाइएको छ ।

हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पङ्क्तिलाई पार्टी आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ ।

तिवारीलाई आज अपराह्न रुपन्देहीको देवदह–८ मा अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

प्राप्त समाचार अनुसार दुर्गा तिवारीलाई गोली हान्ने ब्यक्ती अरु कोही अज्ञात समूह नभइ दुर्गा कै शाथी मनोज पुन श्रोतले बताएको छ ।

घटनाको अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार तिवारीसँग निटक सम्बन्ध रहेकाहरुलाई टेलिफोन गरेर मनोजले ‘तिवारीलाई मैले गोली हानेको हुँ, अब तिमीहरुको पालो आउँदै छ’ भनेर त्रासदी सिर्जना गरेका हुन् सक्ने बताए ।
एसएसपी बस्नेतका अनुसार घटनामा संलग्न कोही पक्राउ परेका छैनन् ।

तिवारी र मनोज दुवैजना तत्कालिन युथफोर्समा कार्यरत थिए । युथफोर्समा रहँदा मनोज संगठनको आडमा पैसा उठाउँथे । तिवारीलाई उनको ब्यवहार चित्त बुझेको थिएन् । त्यसपछि तिवारीकै आग्रहमा मनोजलाई युथफोर्सले संगठनको साधारण सदस्य पनि नरहने गरी युथफोर्सबाट निष्कासन गरेको थियो । ‘मनोजल त्यहि रिसीवी साँधेका हुन् सक्ने’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक इन्सपेक्टरले भने, ‘राजनीतिक प्रतिसोध कै कारण तिवारी माथी गोली प्रहार भएको बताए ।

युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा युवासंघ नेपालको आयोजनामा भोलि पौष ५ गते मङ्गलबार गुल्मी बन्द । बन्दमा यातायात, शैक्षिक संस्था, उधोग व्यवसाय सबै ठप्प रहने र साथमा भोलिदेखी अनिश्चितकालिन लुम्बिनी अञ्चल पुरै बन्द हुने पनि युवा सघ रुपन्देहीले जानकारी गराएको छ ।

समिप गौतम्
शिखरन्युज्, सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?