गुल्मी क्षेत्र न १ र २ को पछिल्लो मत परिणाम अपडेट !
सारांश
- गुल्मी २२ मसिंर, शुक्रवार दिउसोवाट शुरु भएको गुल्मीको मतगणनामा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन ।
- २ प्रतिनिधी सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका हुन ।
- प्रतिनिधी सभा क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिकाको १ हर्मीचौर, २ अरवेनी र ३ जयखानीको मत गणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवालीको १८०९ मत प्राप्त गरेका छन भने काग्रसका चन्द्र भण्डारीले १३८२ मत ल्याएका हुन ।
गुल्मी २२ मसिंर, शुक्रवार दिउसोवाट शुरु भएको गुल्मीको मतगणनामा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन । २ प्रतिनिधी सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका हुन ।
प्रतिनिधी सभा क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिकाको १ हर्मीचौर, २ अरवेनी र ३ जयखानीको मत गणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवालीको १८०९ मत प्राप्त गरेका छन भने काग्रसका चन्द्र भण्डारीले १३८२ मत ल्याएका हुन ।उक्त क्षेत्रमा अहिलेसम्म ३२५३ मत गणना भएको छ ।
त्यस्तै प्रतिनिधी सभा २ को मदाने गाउँपालिका अन्र्तगत वार्ड नम्बर १ अग्लुङ, वार्ड नम्बर २ वाझकटेरी र वार्ड नम्बर ३ सिर्सेनीको मतगणना सार्वजनिक हुदाँ वाम गठबन्धनका उम्मेदवार गोकर्ण विष्टले २६६८ मत ल्याएका छन भने काग्रेसका उम्मेदवार चन्द्र केसीले १०७२ मत ल्याएका छन । त्यस्तै ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका हुन ।
१ लाख ९६ हजार मतदाता रहेको गुल्मीमा १ लाख २८ हजार ७ सय ३९ मत खसेको थियो ।

प्रतिक्रिया