बिल गेट्सका पिताको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
१८ पटक हेरिएको
Shares
बिल गेट्सका पिताको निधन

सारांश

  • ३१ भदौः माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ ।
  • उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ ।
  • विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

३१ भदौः माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उनी अल्जाइमरको विरामी थिए । विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो । उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन् । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए । उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए ।(एएनआईर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?