सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा सम्पन्न
सारांश
- काठमाडौ ।
- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
- बैंकले आज शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सभा सम्पन्न गरेको हो ।
काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सभा सम्पन्न गरेको हो ।
सभाले आव २०७८÷७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । साधारणसभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ।व। २०७८÷७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७८÷७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु। १४,२००,९७४,००६÷– को ९ प्रतिशतका दरले हुन आउने रु। १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यससगै सिटिजन्स बैंक आ।व। २०७८÷७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।
साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१(४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१।०७(४८।९३ (संथापक शेयरधनिहरुले धारण गरेको जम्मा शेयर) साधारण शेयरधनीहरुले धारण गरेको जम्मा शेयर बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारण सभाले पारित गरेको छ ।
प्रतिक्रिया