बिहान खाली पेटमा लसुन खाँदा स्वास्थ्यका लागि फाइदैफाइदा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
२५ पटक हेरिएको
Shares
बिहान खाली पेटमा लसुन खाँदा स्वास्थ्यका लागि फाइदैफाइदा

सारांश

  • काठमाडौं ।
  • मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो ।
  • खाली पेट लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ ।

काठमाडौं । मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । खाली पेट लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।

लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ बिहान खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।

लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।

लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।

लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।

लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।

लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।

स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?