मास्क मुखमा लगाउने कि चिउँडोमा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २६, २०७७
|
|
४८ पटक हेरिएको
Shares
मास्क मुखमा लगाउने कि चिउँडोमा ?

सारांश

  • साउन २५, काठमाण्डौ ।
  • कोरोना भाइरसको संक्रमणबाट बँच्न अपनाउनुपर्ने मापदण्ड अधिकांशले पालना नगरेको पाइएको छ ।
  • काठमाण्डौ उपत्यकामा गरिएको एक सर्वेक्षणले सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोग लापरबाही हुने गरेको खुलासा गरेको हो ।

साउन २५, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट बँच्न अपनाउनुपर्ने मापदण्ड अधिकांशले पालना नगरेको पाइएको छ । काठमाण्डौ उपत्यकामा गरिएको एक सर्वेक्षणले सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोग लापरबाही हुने गरेको खुलासा गरेको हो । नागरिककै लापरबाहीका कारण संक्रमण फैलिनसक्नेप्रति चेतावनी पनि दिइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको संक्रमणबाट बच्न नागरिकले के कति सतर्कता अपनाएका छन् भनेर सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा समान्य सतर्कता र मापदण्डप्रति पनि सर्वसाधारणले वेवास्ता गरेको पाइएको छ । परिषदका सदस्य सचिव प्रदिप ज्ञवालीले जनस्वास्थ्य मापदण्ड शीर्षकमा गरिएको अध्ययनले सर्वसाधारणले स्वास्थ्य सतर्कता नपनाएको पाइएको जानकारी दिए ।

सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोगसम्बन्धी सर्वेक्षणका क्रममा ७२ दशमलब १ प्रतिशले मास्क लगाएको पाइएको थियो । बाँकी २७ दशमलब १ प्रतिशतले मास्क लगाएका थिएनन् । मास्क लगाउनेमध्ये कपडाको मास्क लगाउनेको संख्या करिब १६ प्रतिशत थियो । सही तरिकाले मास्क लगाउनेको संख्या ७२ प्रतिशत हुँदा नाकमुनी, चिउडोमा, हातमा झुण्डाउने वा राम्रोसँग नलगाउनेको संख्या २७ दशमलब ३४ प्रतिशत रहेको थियो ।

काठमाण्डौ उपत्यकाका २३ वटा सार्वजनिक स्थलमा सर्वेक्षण गरिएको थियो । तरकारी बजार, होटल, सपिङ मल मालपोत कार्यालय, बैँक, सार्वजनिक सवारी साधन, अस्पताललगायतका स्थानमा गरिएको सर्वेक्षणमा ४ हजार ५ सय २ जनालाई समावेश गरिएको थियो । ति स्थानमा सबैले सामाजिक दुरीको नियम पालना गरेको पाइएन । ३१ दशमलब २५ प्रतिशत स्थानमा मात्रै सामाजिक दुरीको नियम पालना गरेको पाइयो भने साबुन र स्यानिटाइजरको प्रयोग गर्नेको संख्या करिब ६० प्रतिशत रहेको पाइएको थियो ।

सार्वजनिक यातायातमा पनि मापदण्ड पालना भएको छैन । करिब ५० प्रतिशत सार्वजनिक सवारी साधानमा मात्रै तोकिएको मापदण्ड पालना गरेको पाइएको थियो । अध्ययन प्रतिवेदनले तत्काल उल्लेखित पक्षमा सम्बन्धित निकायले अनुगमन गरी सबै मापदण्ड पालना हुने अवस्थाको वातावरण सृजना गर्नुपर्ने औँल्याएको छ ।

दुई दिन गरिएको सर्वेक्षणको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइसकिएको छ । कोरोना संक्रमणबाट जोगिन हरेक व्यक्तिले उच्च स्वास्थ्य सतर्कता अपनाउनु नै उत्तम विकल्प हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
गोकर्ण फरेष्टको सम्झौतबाट साढे चार अर्ब लाभ हुने
गोकर्ण फरेष्टको सम्झौतबाट साढे चार अर्ब लाभ हुने
मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरोले एउटा बस र जीप बगायो
मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरोले एउटा बस र जीप बगायो
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
बौद्ध धर्म श्रीलंका कसरी पुग्यो ?
बौद्ध धर्म श्रीलंका कसरी पुग्यो ?
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
प्रत्यक्षदर्शीले भने, ‘हेर्दाहेर्दै यसरी जहाज खरानी भयो’
प्रत्यक्षदर्शीले भने, ‘हेर्दाहेर्दै यसरी जहाज खरानी भयो’
विद्यासुन्दर शाक्य लगनस्थित मतदान केन्द्रबाट मतदान गर्दै।
विद्यासुन्दर शाक्य लगनस्थित मतदान केन्द्रबाट मतदान गर्दै।
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस  भिडियो)
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस भिडियो)
ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु
ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु