उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
३८ पटक हेरिएको
Shares
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल

सारांश

  • चितवन ।
  • उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
  • आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताएका हुन् ।

चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताएका हुन् ।

उनले भने, ‘उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन । अहिलेको समस्या समाधान हुन्छ ।’ उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको उनले बताए । कानुनले समाधान गर्ने विषय कानुनबाट समाधान हुने बताउँदै उनले भने, ‘उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले सोचेको छ ।’

सकारले उद्योगीको हितमा काम गर्ने उनले बताए । आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उनले यो तरलता कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताए । उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उनले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताए । यस्तै सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले कार्यक्रम ल्याउन लागेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
चितवनमा एमाले ले प्रचण्डलाई भब्य स्वागत
चितवनमा एमाले ले प्रचण्डलाई भब्य स्वागत
गृह मन्त्रालयले सीमा सुरक्षा कडा पार्न निर्देशन
गृह मन्त्रालयले सीमा सुरक्षा कडा पार्न निर्देशन
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप
पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइन: प्रधानमन्त्री ओली
बादी महिलाको बिदारक कथामा आधारित उपन्यास ‘नथिया’
बादी महिलाको बिदारक कथामा आधारित उपन्यास ‘नथिया’
मनोज पुनलाई सहयोग गरेको अभियोगमा माअाेवादीकेन्द्रका नेता कारवाहीमा
मनोज पुनलाई सहयोग गरेको अभियोगमा माअाेवादीकेन्द्रका नेता कारवाहीमा
३३ किलाे सुन प्रकरण: गोरे’ ग्याङ बनाउने मुख्य नाइके पक्राउ
मदन भण्डारीजस्तै हत्या हुन सक्छ : प्रचण्ड
मदन भण्डारीजस्तै हत्या हुन सक्छ : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?