हामी बोल्सेभिक, एमाले मेन्सेभिकः प्रचण्ड,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
हामी बोल्सेभिक, एमाले मेन्सेभिकः प्रचण्ड,

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको पार्टी सचिवालय बैठकमा एमालेसँगको एकता प्रस्तावलाई अनौठो तर्कद्वारा स्थापित गर्ने प्रयत्न गरे ।
  • उनले रुसमा कम्युनिस्ट पार्टी विभाजन भएर दुई धार बनेका बोल्सेभिक र मेन्सेभिकबीच पुनः एकताको प्रसंग कोट्याए ।
  • उनले माओवादीलाई बोल्सेभिक र एमालेलाई मेन्सेभिकका रुपमा अथ्र्याए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको पार्टी सचिवालय बैठकमा एमालेसँगको एकता प्रस्तावलाई अनौठो तर्कद्वारा स्थापित गर्ने प्रयत्न गरे ।

उनले रुसमा कम्युनिस्ट पार्टी विभाजन भएर दुई धार बनेका बोल्सेभिक र मेन्सेभिकबीच पुनः एकताको प्रसंग कोट्याए । उनले माओवादीलाई बोल्सेभिक र एमालेलाई मेन्सेभिकका रुपमा अथ्र्याए ।

रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेभिकको अर्थ अल्पमत हुन्छ । नेपालको अहिलेको सन्दर्भले भने दाहालको तर्कमा मेल खाने देखिँदैन । संसदीय व्यवस्था स्वीकारेर दुवै दल बहुदलीय प्रतिस्पर्धामा एकाकार बनेका छन् ।

दोस्रो संविधानसभा र त्यसबाट बनेको रुपान्तरित संसद होस् या स्थानीय तह निर्वाचनको परिणाम, एमाले र माओवादीबीचको अन्तर फराकिलो छ ।

रुसी कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनमा अलग्गिएका बोल्सेभिक र मेन्सेभिक धार लेनिनको प्रयासमा चौथो महाधिवेशनमा भने एकैठाउँ आइपुगेका थिए । सम्झौतामा टुंग्याउने कि क्रान्तिको बाटोमा अगाडि बढ्ने भन्ने दुई धार देखिएका थिए, उक्त कम्युनिस्ट पार्टीमा ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?