विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
१४ पटक हेरिएको
Shares
विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने

सारांश

  • जनकपुर ।
  •   रामजानकी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने भएको छ ।
  •  जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको अवसरमा मटकोर विधि गरिने भएको हो ।

जनकपुर ।  रामजानकी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने भएको छ । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको अवसरमा मटकोर विधि गरिने भएको हो । भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रुपमा छलफल गरेर हिजाे तिलाकोत्सव सम्पन्न गरिएको थियाे ।

तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिने गरिन्छ । यसैलाई तिल्कोत्सव भन्ने चलन छ । पाँचौँ दिन मंगलबार मटकोर र छैटौँ दिन राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । यसअघि, हिजो भारत उत्तर प्रदेशको अयोध्याबाट रथ लिएर साधुसन्त जन्तीको रूपमा धनुषा पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?