सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चितता गर्न आयोगको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
५० पटक हेरिएको
Shares
सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चितता गर्न आयोगको आग्रह

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ ।
  • नयाँ बानेश्वरको संसद् भवन अगाडि यही माघ ९ गते आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले उक्त माग गरेको हो ।

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ ।

नयाँ बानेश्वरको संसद् भवन अगाडि यही माघ ९ गते आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले उक्त माग गरेको हो ।

उक्त विषयमा आयोगका सदस्य लिली थापाले आजै पीडित परिवारका सदस्यसँग भेट गरी घटनाका बारेमा जानकारी लिनुका साथै कानुनी प्रक्रियामा सहजीकरण गर्न पहल गर्नुभएको आयोगले जनाएको छ ।

“आत्मदाह गर्नु अगाडि आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विषय लोकतान्त्रिक शासन व्यवस्था अङ्गीकार गरेको राज्यका लागि अत्यन्त सोचनीय र संवेदनशील विषय रहेको छ”, –आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “राज्यका संयन्त्रबाट नागरिकका समस्या समयमै उचित रूपमा सम्बोधन हुन नसक्दा एउटा नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना हुनु राज्यका लागि चिन्ताको विषय हो ।”

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले प्रत्याभूत गरेको कुनै पनि व्यक्तिको बाँच्न पाउने हक र न्यायसम्बन्धी हकको सुनिश्चितताका साथै पेसा, व्यवसाय र सम्पत्तिको संरक्षण गर्ने वातावरणको निर्माण गरी राज्यको नागरिकप्रतिको दायित्व पूरा गर्न आयोगले माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारले जनता झुक्याउने काम मात्रै गर्यो : सिंह
ओली सरकारले जनता झुक्याउने काम मात्रै गर्यो : सिंह
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
जेठ १५ गते शनिवारको राशिफल यस्तो छ
जेठ १५ गते शनिवारको राशिफल यस्तो छ
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
हावाहुरीमा परेर कावासोतीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति
हावाहुरीमा परेर कावासोतीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति
विदेशमा खेल्न जान पाउनु पर्ने  सन्दीप लामिछानेको माग
विदेशमा खेल्न जान पाउनु पर्ने सन्दीप लामिछानेको माग
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका  !
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका !
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ
सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ