बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारतब सम्बन्ध चिसियो –

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७३
|
|
८९ पटक हेरिएको
Shares
बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारतब सम्बन्ध चिसियो –

सारांश

  • तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ।
  • भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार उद्‌घाटन गर्न बोलाएकोमा आपत्ति जनाएको हो।
  • यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ। भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार उद्‌घाटन गर्न बोलाएकोमा आपत्ति जनाएको हो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

पीटीआइले चाइना टुडेको हवला दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङछिङले संवाददाता सँग भनेकी छिन्, ‘चीनको विरुद्धमा उभिने दलाइ लामालाई भारतले बौद्धिष्ट सेमिनारमा बोलाएर सम्‍मान दिएको छ ।  यसमा चीन विरोध र तीव्र असन्तुष्ट व्यक्त गर्दछ।’ उनले भनेकी छिन्, ‘ तिब्बत र यससँग सम्बन्धित प्रश्‍नप्रति प्रतिवद्धता जनाउँदै भारतमा चीन विरोधी गतिविधिलाई रोक्‍न आग्रह गर्दछु ।

भारत र चीनको सम्बन्धलाई थप कमजोर नबनाउन आग्रह गर्दछु ।’ धर्मगुरु लामाले बिहारको नालन्दा जिल्लाको राजगीरमा १७ मार्चमा राजधानी बौद्ध धर्मबाट एउटा अन्तराष्ट्रिय बौद्ध गोष्ठीको उद्‌घाटन गरेका थिए । राजधानी पटनादेखि करीब सय किलोमिटरको दूरीमा रहेको छ । विभिन्‍न देशका बौद्ध भिक्षु तथा विद्वानले ‘२१ औ शताब्दीमा बौद्ध धर्म’ नामक सेमिनारमा छलफल गरेका थिए। यही महिनाको सुरुमा चीनले भारतको अरुणाचल प्रदेशमा आउन दलाइ लामालाई अनुमति दिने बारेमा विरोध गरेको थियो |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?