सलमान खानको हत्या योजनाको यसरि भयो खुलासा, यि हुन योजनाकार
सारांश
- काठमाडौं, २८ जेठ ।
- भारतिय अभिनेता सलमान खानको हत्यागर्ने योजनाको रहस्य पर्दाफास भएको छ ।
- प्रहरीसंगको सोधपुछमा बिश्नोई समुहका शार्प शूटर संपत नेहराले यो योजनाको रहस्य प्रष्ट पारेका हुन ।
काठमाडौं, २८ जेठ । भारतिय अभिनेता सलमान खानको हत्यागर्ने योजनाको रहस्य पर्दाफास भएको छ ।
प्रहरीसंगको सोधपुछमा बिश्नोई समुहका शार्प शूटर संपत नेहराले यो योजनाको रहस्य प्रष्ट पारेका हुन । हरियाणाको बिशेष कार्यबल (एसटिएफ) ले मोस्ट वाँन्टेड गैंगस्टर संपत नेहरालाई बुधवार हैदराबादबाट गिरफ्तार गरेको थियाे । प्रहरी स्रोतका अनुसार २८ बर्ष उमेरका संपतले बलिउड नाएक सलमान खानलाई मार्ने योजना बनाएका थिए ।
प्रहरिका अनुसार संपतले सलमानको गतिबिधिमाथि निगरानि गरिरहेका थिए । मार्ने योजनाकासाथ मुमंई गएर सलमानका साथै उनका अंगरक्षकको बारेमा पनि जानकारि लिइसकेका थिए ।
नेहराले बताए अनुसार उनले दोस्राे मुलुकदेखी ‘हावाला’को माध्यमबाट पैसा पाउथे जस्को लागी जेलमा सजाए भोगीरहेका बिस्नोई समुहका लाँरेन्सले उनलाई पाँच विदेशी नम्वर दिएका थिए । तिनै विदेशी नम्वरको माध्यमबाट ‘हावाला’नेटर्वकमा पैसा मगाउथे ।
हरियाणा कार्यबलका डिआईजि सतीश बालनले बताएअनुसार नेहरालाई शारिरिक तन्दुरुस्तीमा बिशेस रुचि थियो त्यसैले उनि सधै जिम जाने गर्दथे । हैदराबादमा उनको कोठामा संगै बस्ने तेलङगानाका युवकका अनुसार संपत धेरैकम बोल्ने तथा बढिजस्तो समय फोनमा ब्यस्त रहने गर्थे ।
नेहरा सामाजिक संजालमा पनि धेरै समय बिताउने गर्थे । नेहराका बुवा हरियाणा प्रहरिका एएसआई पदबाट निवृत भैसकेका छन । उनका कान्छा भाई भारतिय सेनामा छनभने बहिनीको बिवाह भैसकेको छ । डिआइजिले बताए अनुसार केहिसमययता उनको परिवारसंग कुनै संम्बन्ध रहेको छैन।
संपत नेहराले लाँरेन्स बिश्नोई समुहको लागी कामगरिरेका थिए जस्ले यसैबर्षको जनवरिमा सलमान खानलाई कालो हरिण सम्वन्धी मुद्धामा ज्यानमार्ने धम्की दिईसकेका थिए ।
लाँरेस बिश्नोई समुह हरियाणाको एक खतरानाक अपराधिक समुहमा पर्छ । समुहको सामाजिक संजाल फेसबुक र ह्वाट्सअपमा पनि धेरै सक्रिएता रहेको छ । नेहरामाथि हत्यार, अपहरण र फिरौती असुली जस्ता दर्जनौ मुद्धाहरु चलिरहेका छन् ।
प्रतिक्रिया