श्रीमतीको अनुमति बिना बहुविवाह गर्दा जेलसजाय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
५४ पटक हेरिएको
Shares
श्रीमतीको अनुमति बिना बहुविवाह गर्दा जेलसजाय

सारांश

  • पाकिस्तान, १७ कार्तिक ।
  • पाकिस्तानको एउटा अदालतले श्रीमतीको अनुमति नलिइ दोस्रो विवाह गरेको भन्दै एकजना पुरुषलाई ६ महिनाको जेल सजाय सुनाएको छ।
  • लहोरस्थित अदालतले इस्लाम धर्म अनुसार चारवटासम्म श्रीमती विवाह गर्न पाउने शहजाद सकिबको तर्कलाई अस्वीकार गर्दै उनले करिब दुई हजार डलर जरिवाना तिर्नुपर्ने आदेश दिएको हो।

पाकिस्तान, १७ कार्तिक । पाकिस्तानको एउटा अदालतले श्रीमतीको अनुमति नलिइ दोस्रो विवाह गरेको भन्दै एकजना पुरुषलाई ६ महिनाको जेल सजाय सुनाएको छ। लहोरस्थित अदालतले इस्लाम धर्म अनुसार चारवटासम्म श्रीमती विवाह गर्न पाउने शहजाद सकिबको तर्कलाई अस्वीकार गर्दै उनले करिब दुई हजार डलर जरिवाना तिर्नुपर्ने आदेश दिएको हो।

सकिबकी पहिली श्रीमती आयषा बिबिले आफ्नो लिखित स्वीकृति बिना अर्को विवाह गर्नु पाकिस्तानको परिवार कानुनको उल्लंघन भएको दाबी गरेकी थिइन्। महिला अधिकारकर्मीहरुले अदालतको उक्त फैसलाले बहुविवाहलाई निरुत्साहित गर्ने बताएका छन्।

उनीहरुले यसले महिलाहरुलाई सशक्त बनाउने र यस्तै खालका अवस्थामा अरु महिलाहरुले पनि अदालतमा मुद्दा पुर्‍याउने बताए।

एउटा गैरसरकारी संस्था पिस एण्ड डेभेलपमेन्ट फाउण्डेसनकी प्रमुख रोमाना बसिरले भनिन्, “एउटी समस्यामा परेकी महिलाले अदालतसम्म उजुरीलैजान यो कानुनको प्रयोग गरिन् भन्ने विषय उत्साहजनक छ।”

पाकिस्तानमा एकभन्दा बढी श्रीमती विवाह गर्न चाहनेले पुरुषहरुले विवाहअघि आफ्नी पहिली श्रीमतीबाट लिखित स्वीकृति लिनुपर्छ।

सामान्यतया पहिलो विवाह भएको थुप्रै वर्षपछि पाकिस्तानका पुरुषहरुले बहुविवाह गर्छन्।

पाकिस्तानको इस्लामिक मुद्दाहरुबारे सरकारलाई कानुनी सल्लाह दिने काउन्सिल अफ इस्लामिक आइडियोलोजी (सिआइआइ) ले धेरैजसो देशको परिवार कानुनको आलोचना गर्ने गरेको छ।

यद्यपी, सिआइआइको सुझावहरु कानुनी रुपमा बाध्यकारी छैनन्। सकिबले बुधबारको फैसलाविरुद्ध अदालतमा पुनरावेदन दिन पाउनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग
रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग
Top rated Dating Sites That Really Work
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
म संघियताकाे विराेधी हाेइन : चित्रबहादुर केसी
म संघियताकाे विराेधी हाेइन : चित्रबहादुर केसी
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
एक सातादेखि बालिका बेपत्ता
एक सातादेखि बालिका बेपत्ता