रामेछापमा कांग्रेस-वाम गठबन्धन सोझो टक्कर

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४२ पटक हेरिएको
Shares
रामेछापमा कांग्रेस-वाम गठबन्धन सोझो टक्कर

सारांश

  • २७ कात्तिक, रामेछाप ।
  • जिल्लामा १२ वटा राजनीतिक दल चुनावी मैदानमा छन् ।
  • तीमध्ये कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच सोझो टक्कर हुने देखिएको छ ।

२७ कात्तिक, रामेछाप । जिल्लामा १२ वटा राजनीतिक दल चुनावी मैदानमा छन् । तीमध्ये कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच सोझो टक्कर हुने देखिएको छ ।

प्रतिनिधि सभामा कांग्रेसबाट पूर्णबहादुर तामाङ कान्छाराम उम्मेदवार छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ उठेका छन् । श्रेष्ठ बहालवाल बिनाविभागीय राज्यमन्त्री हुन् ।

राप्रपाले कांग्रेसलाई समर्थन गरेको छ ।

वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए । गोकुलगंगा गाउँपालिका-१ चुचुरेका तामाङ निर्माण व्यवसायी हुन् ।

प्रदेशतर्फका दुई सिटमा पनि वाम गठबन्धन र कांग्रेसकै टक्कर हुने देखिएको छ । वाम गठबन्धनमा प्रदेशतर्फका दुवै सिटमा एमालेका उम्मेदवार छन् । प्रदेश ‘क’मा एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल उम्मेदवार छन् । कांग्रेसका रत्न कार्कीसँग उनको प्रतिस्पर्धा छ ।

प्रदेश ‘ख’मा कांग्रेसका जीतबहादुर मगर र एमालेका कैलाश ढुंगेल भिड्दै छन् ।

नेपाली कांग्रेसका उम्मेदवार

यसअघिका दुई वटा निर्वाचन क्षेत्रमध्ये १ मा एमालेले दुई, कांग्रेसले दुई र माओवादीले एक पटक जितेका थिए । क्षेत्र नम्बर २ मा कांग्रेसले दुई, माओवादीले दुई र जनमोर्चाले एक पटक जितेका थिए ।

गत स्थानीय तह निर्वाचनमा दुई नगरपालिकामध्ये एक एमाले र एक कांग्रेसले जितेका थिए । माओवादीको पोल्टामा दुई गाउँपालिका परेका थिए । तीन वटा गाउँपालिका एमालेले जितेको थियो ।

त्यसआधारमा अत्यधिक बहुमतले वाम गठबन्धनले विजय हासिल गर्ने उक्त गठबन्धनका उम्मेदवार श्रेष्ठको दाबी छ ।

कांग्रेस उम्मेदवारहरु भने जिल्लाका मतदाताले सधैं एउटै पार्टीलाई मात्र मत दिएको इतिहास नभएकाले स्थानीय तह चुनावलाई आधार मान्न नसकिने बताउँछन् । आफूले गरेको सामाजिक काम र वाम गठबन्धनभिको असन्तुष्टीका कारण आफ्ना पक्षमा मत खस्ने कांग्रेस उम्मेदवार तामाङको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
नेकपा विवाद स्थायी समितिमा
नेकपा विवाद स्थायी समितिमा
५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री !
५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री !
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ  सकियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ सकियो
ललितपुर २ मा एमाले ९ हजार मतले अघि
ललितपुर २ मा एमाले ९ हजार मतले अघि
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
सिन्धुपाल्चोकमा जमिनको धाँजा फाटेको कारण पहिरो गएको प्रमाणित
कम्युनिष्ट पार्टीसँग ५६ प्रतिशत बलियो जनमत
कम्युनिष्ट पार्टीसँग ५६ प्रतिशत बलियो जनमत
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !