सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ८, २०७९
|
|
२० पटक हेरिएको
Shares
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ

सारांश

  • काठमाडौं।
  • नेपालका कलेजमा अध्ययनरत विद्यार्थीलाई अस्ट्रेलिया पठाउन आकर्षण गर्नका लागि सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
  • कन्सल्टेन्सीबाट वैदेशिक अध्ययनमा पठाउने विद्यार्थी संकलनकै क्रममा आयोजित प्रतियोगितामा सहभागी एक किशोरीले बलात्कार गरेको भनी वेदना सार्वजनकि गरेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो।

काठमाडौं। नेपालका कलेजमा अध्ययनरत विद्यार्थीलाई अस्ट्रेलिया पठाउन आकर्षण गर्नका लागि सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

कन्सल्टेन्सीबाट वैदेशिक अध्ययनमा पठाउने विद्यार्थी संकलनकै क्रममा आयोजित प्रतियोगितामा सहभागी एक किशोरीले बलात्कार गरेको भनी वेदना सार्वजनकि गरेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो।

भैरहवा घर भएका मनोज पाण्डेले काठमाडौंको बानेश्वरमा शैक्षिक कन्सल्टेन्सी संचालन गरी म्यान पावरको काम समेत गर्दै आएको प्रहरीसूत्रको भनाइ छ।

संसददेखि सडकसम्म बलात्कारीविरद्ध आवाज उठेपछि सरकारले उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा छानबिन समिति गठन गरेको र सो समितिलाई सहयोग गर्न गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आह्वान गरेका छन्।

सो समितिका तर्फबाट प्रहरी उपरीक्षक कृष्णप्रासद कोइरालाले पीडित युवतीलाई भेटेर पीडकमाथि हुन सक्ने कारबाहीको कानूनी व्यवस्था र अन्य अपराधबारे पनि परामर्श दिएको कोइरालाले जानकारी दिए। पीडितको जाहेरीका आधारमा प्रहरी अघि बढ्ने कोइरालाको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?