‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
३३ पटक हेरिएको
Shares
‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मिटरब्याजी पीडितहरु साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरुको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गरेका हुन् ।

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मिटरब्याजी पीडितहरु साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरुको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गरेका हुन् । सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद नन्दा चपाइले जनताको विकास निर्माणको चाहनालाई दलहरुले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले जनचाहना अनुरुप गणतन्त्रको संस्थागत विकास र विसकास र समृद्धिको आभाष दिलाउन नेताहरुले गम्भीरता देखाउनुपर्नेमा जोड दिए । सांसद डा.बिमला राई पौडयालले मिटरब्याजसम्बन्धी तत्काल कानुन संशोधन गरी कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिइन् ।

सांसद दुर्गाकुमारी गुरुङले द्वन्द्वपीडितको समस्या समाधान गरी शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पु¥याउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद सोनाम ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा लामो समयदेखि नेतृत्वविहीन रहेको र कायम मुकायमकै भरमा चलिरहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद राधेश्याम पासवानले मिटरब्याजी पीडितहरु मानसिक र शारीरिक रुपमा पीडित रहेकाले सरकारले समस्या समाधानमा तदरुकता देखाउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?