बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत फेला !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत फेला !

सारांश

  • बैतडी, १७ कात्तिक ।
  • बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् ।
  • दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए ।

बैतडी, १७ कात्तिक । बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए । बुधवार घाँस काट्न भनेर घरबाट निस्कनुभएकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासु पार्वती खोजतलास गर्न जाँदा उहाँ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सासु शुक्रबार स्थानीय झल्कोट जङ्गलमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको र बुहारी निर्मला बिहीबार स्थानीय ओडीगाँउ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
उपप्रधानमन्त्री श्रेष्ठले भने : भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप
निर्वाचनमा प्रतिपक्षी दलमथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप
३३ किलो सुन प्रकरण : अडियो रेकर्ड सुनाउँदा आपत्ति
३३ किलो सुन प्रकरण : अडियो रेकर्ड सुनाउँदा आपत्ति

तपाईंले छुटाउनुभयो कि?