‘बुलाकी’ को प्रदर्शन रोकिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
४१ पटक हेरिएको
Shares
‘बुलाकी’ को प्रदर्शन रोकिने

सारांश

  • काठमाडौँ ।
  • गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ ।
  • चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए ।

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ ।

चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए ।

“बाँडफाँडमै समान व्यावहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै हामीलाई सङ्ख्यामार्फत नै निरुत्साहित गर्ने काम भयो”, उनले भने, “दर्शकको माग बमोजिम अब प्रोजेक्टरमार्फत चलचित्र प्रदर्शन गर्नेछौँ ।” आउँदा दिनमा पनि नेपालीपन बोकेको कथालाई दर्शकसम्म ल्याउने उनको भनाइ छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र ‘बुलाकी’मा निर्माता विष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, लक्ष्मी गिरीलगायतले अभिनय गरेका छन् ।

चलचित्र वितरण कम्पनी एफडीका अध्यक्ष छविराज ओझाले निर्माताले चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिए । “निर्मातामार्फत आएको जानकारीलाई हामीले चलचित्र भवन सञ्चालकसम्म पु¥याइसकेका छौँ । टिकट बिक्री नभएका शो रोकिसकेका छन् । टिकट बिक्री भएका शो भने आज रोकिँदैनन”, उनले भने । अनुसार सोमबारदेखि पूर्णरूपमा सो चलचित्रको प्रदर्शन रोकिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
चिकित्सा शिक्षा विधेयकमाथि छलफल
चिकित्सा शिक्षा विधेयकमाथि छलफल
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
Iraq-Iran earthquake: Deadly tremor hits border region
Iraq-Iran earthquake: Deadly tremor hits border region
मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
अर्को विश्वविख्यात सिगिङ रियालिटी शो नेपाल भित्रिदै
अर्को विश्वविख्यात सिगिङ रियालिटी शो नेपाल भित्रिदै
थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने
थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने
सोलुदूधकुण्ड नगरपालिकाले ७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने