सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार

सारांश

  • सोलुखुम्बु, कात्तिक १३– आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको नतिजा आफ्नो पक्षमा पार्न सोलुखुम्बुका  राजनीतिक दलहरु मतदातालाई मत माग्न सक्रिय भएका छन् ।
  • दलहरु यतिबेला बैठक, भेटघाट, छलफल जस्ता कार्यक्रमलाई अगाडि बढाएका छन् ।
  •   नगरपालिका तथा गाउँपालिकाको बाटो,चोक, चियापसल तथा चौतारामा  निर्वाचनकै बारेमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ ।

सोलुखुम्बु, कात्तिक १३– आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको नतिजा आफ्नो पक्षमा पार्न सोलुखुम्बुका  राजनीतिक दलहरु मतदातालाई मत माग्न सक्रिय भएका छन् ।

दलहरु यतिबेला बैठक, भेटघाट, छलफल जस्ता कार्यक्रमलाई अगाडि बढाएका छन् ।  नगरपालिका तथा गाउँपालिकाको बाटो,चोक, चियापसल तथा चौतारामा  निर्वाचनकै बारेमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ ।

चुनावमा  होमिएका नेपाली कांग्रेस, वाम गठबन्धन (नेकपा एमाले, नेकपा माओवादी केन्द्र) त्यसैगरी राप्रपा, नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाललगायत सबैले निर्वाचन प्रचारप्रचार कार्यक्रम तय गरिसकेका छन् ।  घरदैलो अभियान त छदैँछ दलहरुले सामाजिक सन्जालमार्फत पनि प्रचारप्रसार कार्यक्रमलाई तिव्र बनाएका छन् ।

उम्मेदवारहरुको नाममा फेसबुक जस्ता सामाजिक सन्जालमा अकाउण्ट खोलेर चुनावी कार्यक्रम, उम्मेदवारले गरेको भाषण तथा उम्मेदवारलाई भोट किन भन्ने बारेमा स्टाटस लेख्ने, शेयर गर्ने, सभा तथा सम्मेलनको फोटो  राख्ने काम गरिरहेको पाइएको छ । चुनावी चिन्ह्र अंकित तस्विर राखेर पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक शुभचिन्तकले भोट मागिरहेका छन् ।

सोलुखुम्बुमा प्रतिनिधिसभा चुनावका लागि लागि एक र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा सोलुखुम्बुमा एक  निर्वाचन क्षेत्र कायम गरिएको थियो ।  जिल्लामा कुल मतदाता ६९ हजार ४ सय ११ जना छन् ।

त्यसमध्ये  पुरुष ३५ हजार १ सय ३७ र महिला ३४ हजार २ सय ७४ जना मताता छन् । प्रदेश सभा क्षेत्र नं १ मा ३७ हजार १ सय ५९ जना मतदाता छन् । प्रदेश सभा क्षेत्र नं २ मा ३२ हजार २ सय ५२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।  सोलुखुम्बुमा १ सय १८ वटा मतदानस्थल र १ सय २५ वटा मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?