बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने

सारांश

  • काठमाडौँ, ५ चैत (रासस) ः बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ ।
  • नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ ।
  • हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठयक्रम बनाई पढाइ शुरु गरिने नगर प्रमुख उद्धवप्रसाद खरेलले बताउनुभयो ।

काठमाडौँ, ५ चैत (रासस) ः बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ । नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठयक्रम बनाई पढाइ शुरु गरिने नगर प्रमुख उद्धवप्रसाद खरेलले बताउनुभयो ।
उहाँका अनुसार विकास, प्रबन्धन, सुशासन र चेतनालगायत विषयवस्तु समेटिएको पाठक्रम तयार गरी आगामी असारदेखि सबै विद्यालयमा परीक्षणका रुपमा पढाइ शुरु गरिने छ । परीक्षणपछि मात्र हरेक विद्यालयमा अनिवार्यरुपमा पढाइ सञ्चालन गरिने प्रमुख खरेलले जानकारी दिनुभयो । सो पाठक्रमबाट भावी पुस्ताले आफ्नो क्षेत्र, स्थानीय चालचलन, रीतिरिवाज र परम्परालाई सजिलै बुझ्न सकिने बताइएको छ ।
पानी र शौचालय अति आवश्यक वस्तु भएका हुनाले यसलाई हरेक सामुदायिक तथा संस्थागत विद्यालयमा व्यवस्थित बनाउँदै जाने पनि उहाँले बताउनुभयो । “बालबालिकाको पहिलो खुड्किलो प्रारम्भिक शिक्षा भएका हुनाले यसमा पनि विशेष जोड दिइने छ”, प्रमुख खरेलले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?