रामेछापको भूमिमा जुनारको अभियान !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
रामेछापको भूमिमा जुनारको अभियान !

सारांश

  • रामेछाप जिल्लाको साविक सुकाजोर ,ओखेनी , गोठगाउ,फुलासी ,सालु,माकादुम ,हिलेदेवि, डडुवा लगायतका गा.
  • वि.
  • स मा हाल निर्वाहमुखि खेती बाट व्यावसायिक खेती तर्फ उन्मुख भै वर्तमान अवस्थामा धेरै किसानहरु आफ्नो परम्परागत खेती त्यागी जुनारको खेतीमा आकर्षित भएको अवस्था छ ।

रामेछाप जिल्लाको साविक सुकाजोर ,ओखेनी , गोठगाउ,फुलासी ,सालु,माकादुम ,हिलेदेवि, डडुवा लगायतका गा.वि.स मा हाल निर्वाहमुखि खेती बाट व्यावसायिक खेती तर्फ उन्मुख भै वर्तमान अवस्थामा धेरै किसानहरु आफ्नो परम्परागत खेती त्यागी जुनारको खेतीमा आकर्षित भएको अवस्था छ ।
पहिला जुनार उत्पादनबाट किसानले वजार नपाउदा कौडिको भाउमा बेच्नुपर्ने वाध्यता थियो भने हाल सडक सुबिधाका कारण केहि सहजता भएको छ । राज्यले समेत शुरुको अवस्था बाट केहिमात्रामा हाल जुनार उत्पादन वजार पर्वद्धन जस्ता काम भयपनि जुनार उत्पादक किसान पुर्णरुपमा वजारिकरणको हिसावले वा उत्पादनको हिसावले विश्वस्त हुन सकिरहेका छैनन । आफुले उत्पादन गरेका जुनारलाई वजारिकरण नयां प्रविधिबाट जुस उत्पादन अन्र्तराष्टिय वजारमा जुनारको पहिचान गराउन तर्फ स्थानिय तह , जिल्लाका सरोकारवाला निकायको र स्वयम राज्यले समेत जुनार सहकारी , जुनार विकास जस्ता संघ सस्थालाई सरकारि झंझट बाट नगरी सोझै उक्त सस्था मार्फत कार्यक्रम लगेमा रामेछाप को पहिचान जुनारले राष्टिय र अन्र्तराष्टिय क्षेत्रमा समेत पहिचान बनाउन सक्ने कुरामा दुईमत छैन । मेरो विश्वास छ रामेछापका सम्पुर्ण जुनार उत्पादक किसानहरु जुनार उद्योगहरुले एकजुट भई आºनो उत्पादन लाई सहज ,सरल तरिकाबाट वजारिकरण गरी आफु र आºनो भावी सन्ततिका लागि समेत र समर्ग जिल्लाबासिका लागि पनि प्रेरणाको स्रोत बन्न सहयोग गर्नुहुनेछ भन्ने कुरामा पुर्ण विश्वस्त रहन सकिन्छ । भर्खरै राज्यको पुन संरचना पछि स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिध हरुको उत्साह जोस जागरले पनि यस व्यबसायीक जुनारखेतीमा थप टेवा पुग्ने भन्नेपनि विश्वस्त रहेका छौ । रामेछाप जिल्लाको आर्थिक सकट बाट गुर्जियका न्ुयन आय भएका आम नागरिक को आर्थिक सम्वृद्धिकको आधार हुने कुरामा विश्स्ति रहन सकिन्छ । तसर्थ म सबैमा ५ वटा” स”बाट काम गरौ भन्ने अपिल गर्दछु ।
समन्वय गरौ (सबैमा )
सहभागि होउ (सबै)
समझदारी गरौ (सबैसंग)
सहकार्य गरौ (सबैसंग)
सम्वृद्धि प्रप्ति सबैले गरुन
धन्यवाद
ढाल विक्रम सर्मा
जुनार विकास संघ रामेछाप ९८४०२३८२३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?