बृहत पोखरा सफाई अभियान फेवाताल किनारमा सम्पन्न
सारांश
- पोखरामा जारी बृहत सफाई अभियानको ६६औं श्रृंखला ड्यामसाईडस्थित फेवाताल किनारमा उल्लेख्य सहभागिता सहित सम्पन्न भएको छ ।
- हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित यस पटकको सफाई अभियानमा झण्डै १७ टन फोहोर मैला संकलन गरिएको ड्यामसाईड क्लबका अध्यक्ष पदमबहादुर ढकालले जानकारी दिए ।
- कार्यक्रममा प्रदेश नं.
पोखरामा जारी बृहत सफाई अभियानको ६६औं श्रृंखला ड्यामसाईडस्थित फेवाताल किनारमा उल्लेख्य सहभागिता सहित सम्पन्न भएको छ । हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित यस पटकको सफाई अभियानमा झण्डै १७ टन फोहोर मैला संकलन गरिएको ड्यामसाईड क्लबका अध्यक्ष पदमबहादुर ढकालले जानकारी दिए । कार्यक्रममा प्रदेश नं. ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक कमलसिंह बमले राष्टिय गान बजाएर शुभारम्भ गरेका थिए भने पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले सरसफाई र राष्ट्रिय भावनाको सपथ गराएका थिए ।

यसअघि प्रहरी अतिरिक्त महानिरिक्षक कमलसिंह बम र पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी गण पोखराका गणपति नवलप्रसाद उपाध्यायलाई अभियानका तर्फबाट पोखरामा स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो । यस पटकको सफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ बिकास बैंक, ओम डेभलपमेन्ट बैंक, हाम्रो क्रिउ स्काउट, फेवा डुंगा व्यवसायी समिति, वडा नं. ५, ६, ७ र १७ का जनप्रतिनिधिहरु, पोखरा लेखनाथ महानगरपालिका कार्यालय, पार्दी मावि, स्थानिय आमा समूहहरु, विभिन्न सामाजिक संघसंस्थाहरु लगाएत सामाजिक अभियन्ताहरुले ऐक्यबद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
कार्यक्रममा ड्यामसाईड टोल विकास संस्थाकी सचिव शोभा श्रेष्ठले उपस्थित सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेकी थिईन् । आगामी हप्ताको सफाई कार्यक्रम वडा नं. ६ र ७ जोड्ने बुलौदीखोला पुलबाट हुने जनाईएको छ ।
निमा लामा
? Kalo? ngelike? pake? robot? auto? bisa☀ ngopy? status? org? loh
yeah…? निमा? लामा? di? lawan
? GF/BF sey nahi Milna Shikhar News
? Tuesday : 5 – September – 2017
? BOt CReaTed by Tayyab Khan<3 Shikhar News
? Bot User निमा लामा
?
♥ Crack3rx Bot T3am ♥
♥ Onw3r ♥ Tayyab Khan ♥
♥ B0t S1t3 : Multi-react .ga ♥