भारतले चामल निर्यातमा लगायो रोक

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ६, २०८०
|
|
३६ पटक हेरिएको
Shares
भारतले चामल निर्यातमा लगायो रोक

सारांश

  • काठमाडौं ।
  • भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ ।
  • भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो ।

काठमाडौं । भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो ।

भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिनालगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ ।

भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुन सक्ने देशभित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।

भारतले चामल निर्यात रोक लगाएपछि नेपाललगायतका मुलुकलाई असर पर्ने गरेको छ । नेपालमा खाद्यान्नको प्रमुख स्रोतका रूपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपियाँ बराबरको २० करोड ८९ लाख किलो चामल आयात गरेको थियो ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?