दोस्रो कार्यकालको पदभार ग्रहणपछि यस्तो भने उपराष्ट्रपतिले

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
दोस्रो कार्यकालको पदभार ग्रहणपछि यस्तो भने उपराष्ट्रपतिले

सारांश

  • काठमाडौं, ५ चैत ।
  • उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले दोस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।
  • सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर पदभार ग्रहण गरेका हुन् ।

काठमाडौं, ५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले दोस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर पदभार ग्रहण गरेका हुन् । उपराष्ट्रपति पासाङलाई उपराष्ट्रपतिको कार्यालयका सचिव लालशंकर घिमिरेले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि उपराष्ट्रपति पासाङले सात दशक लामो राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको बताए । उपराष्ट्रपति पुनले आगामी दशक आर्थिक समृद्धिको हुने बताउँदै आर्थिक समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने उल्लेख गरे ।

‘सात दशक लामो नेपाली जनताको राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको छ । राजनीतिक स्थायित्व सुरु भएको छ । अब समृद्धिको बाटो हो’, उनले भने, ‘देशको विकास, आर्थिक समृद्धिका लागि सबै राजनीतिक दल, संघसंस्था एकताबद्ध हुनुपर्छ । आर्थिक समृद्धिका लागि योगदान दिनु सबै नेपालीको जिम्मेवारी हो ।’

आफू निर्विरोध निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै राजनीतिक पार्टी र सबै तहका सांसदहरुलाई धन्यवाद व्यक्त गरे । ‘विगत कार्यकालको मूल्याङ्कनसहित मलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित गर्नुभएकोमा राजनीतिक पार्टी, सांसदहरुलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु’, उनले भने ।

उपराष्ट्रपतिले आफ्नो आगामी कार्यकाल र जीवन देश र जनताका लागि हुने बताएका थिए । ‘मेरो आगामी कार्यकाल मात्रै होइन, मेरो आगामी जीवन देश र जनताकै लागि हुनेछ’, उनले भने, ‘संविधानको संरक्षण तथा पालना, राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकताको सुदृढीका लागि हुनेछ ।’

उपराष्ट्रपति पुनले विगतको कार्यकालमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत ज्ञापन गरेका थिए । उनी नयाँ संविधान जारी भएपछि २०७२ कार्तिक १५ गते पहिलोपटक उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’
लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण
उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण
फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यानले मड्रिड किन छोड्न लागे ?
फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यानले मड्रिड किन छोड्न लागे ?
सभापति देउवा दोब्बर मतले अगाडि, सागर ढकालकाे २५९९ मत
सभापति देउवा दोब्बर मतले अगाडि, सागर ढकालकाे २५९९ मत
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
आज सुन प्रतिताेला कतिमा कारोबार हुँदैछ  ?
आज सुन प्रतिताेला कतिमा कारोबार हुँदैछ ?
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
कोरियामा नेपाली धमाधम पक्राउ
कोरियामा नेपाली धमाधम पक्राउ