महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
२४ पटक हेरिएको
Shares
महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

सारांश

  • जुम्ला ।
  • जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ ।
  • गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बताए ।

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बताए ।

पालिकाभित्रका महिला स्वास्थ्य स्वयंविकालाई सूचना प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको छ । स्वास्थ्य शाखा प्रमुख चौलागाईंले भने, “गाउँपालिकाको वडा नं १, २ र ३ का २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिहीबार मोबाइल वितरण गरिएको छ ।”

गाउँपालिकाका बाँकी वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई पनि मोबाइल वितरण गरिने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोर्टिङ गर्न तथा सूचना आदानप्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको छ । हेर्दा सानो काम भए पनि ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवासम्बन्धी कुनै जानकारी र सेवा प्रवाहमा सहज होस् भनेर पालिकाले उक्त काम गरेको अध्यक्ष चौलागाईंको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकामा यहाँका महिलालाई राहत पुगेको बताए । स्वास्थ्य स्वयंसेविका मोतीपुरा रावतले नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनका विषयमा ध्यान दिन आवश्यक रहेको जानकारी दिए ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु पाँच सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको छ । सङ्घीय सरकारले बर्सेनि पोशाकसहित रु २२ हजार उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?