देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
४० पटक हेरिएको
Shares
देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !

सारांश

  • काठमाडौं ।
  •   प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश चीनको प्रशंसा गरेका छन् ।
  • उनले चीनले नेपालको सार्वभौमसत्ताको जहिले पनि सम्मान गर्ने गरेको बताएका हुन् ।

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश चीनको प्रशंसा गरेका छन् । उनले चीनले नेपालको सार्वभौमसत्ताको जहिले पनि सम्मान गर्ने गरेको बताएका हुन् । पाँच दिने राजकिय भ्रमणमा भारत गएका देउवाले चीनबाट नेपाललाई कुनै खतरा नभएको भन्दै उसले जहिले पनि नेपालको सार्वभौमसत्ताको सम्मान गरेको बताएका छन् ।

भारतिय जनता पार्टीका महासचिव राम माधवले नेतृत्व गरेको इन्डिया फाउन्डेसनले बिहिबार आयोजना गरेको कार्यक्रममा देउवाले नेपाल–चीन सम्बन्ध सदियौंदेखि असल भएको बताएका छन् । उनले चीन सरकारसंग नेपालको सम्बन्ध सुमधुर रहेको भन्दै नेपालले चीनबाट कहिले पनि समस्या भोग्नुनपरेको स्पष्ट पारे ।

इन्डिया फाउन्डेसनले दिल्लीको इम्पेरिकल होटलमा आयोजना गरेको नागरिक सम्मान समारोहमा भारतीय खाद्यमन्त्री रामविलास पासवानले उत्तरी छिमेकी चीनबाट नेपाल असुरक्षीत हुन सक्ने भनाई सार्वजनिक भएपछि देउवाले त्यसको कडा प्रतिवाद गरेका हुन् । देउवाले भने, ‘हाम्रो चीन असल छिमेकी मुलुक हो, चीनबाट हामीलाई कुनै समस्या झेल्नुपरेको छैन् ।’

प्रधानमन्त्री देउवाको भनाईपछि दिल्लीमा तरंग पैदा भएको छ । प्रधानमन्त्री देउवाबाट उक्त अभिव्यक्ति सार्वजनिक भएपछि परराष्ट्रमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुरलाई भारतीय अधिकारीले यसबारेमा गम्भिर चासो व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा
आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा
सिम टिभिमा नयाँ च्यानल थप, सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान
सिम टिभिमा नयाँ च्यानल थप, सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान
आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)
आँशु लुकाई यसरी हाँस्छन् युवराज (भिडियो)
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर
इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ अझै बन्धक
इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ अझै बन्धक
सत्ता हस्तान्तरण गर्न आतुर छु : शेरबहादुर  देउवा
सत्ता हस्तान्तरण गर्न आतुर छु : शेरबहादुर देउवा
आठ बर्ष जेलपछि सफाइ
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा