बेलका नगरपालिकाको ३ मत विवादमा आयोगको निर्देशन – फेरि गन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
बेलका नगरपालिकाको ३ मत विवादमा आयोगको निर्देशन – फेरि गन

सारांश

  • उदयपुर, असार २० – उदयपुरको बेलका नगरपालिकाको विवाद आएकै वडावाट पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
  • विवाद रहेको वडाबाट पुन मतगणना गर्न  पत्र आएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
  • आयोगको निर्देशन मान्न तयार भएका दलहरु अव मतगणनामा सहभागी हुने भएका छन ।
उदयपुर, असार २० – उदयपुरको बेलका नगरपालिकाको विवाद आएकै वडावाट पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । विवाद रहेको वडाबाट पुन मतगणना गर्न  पत्र आएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
आयोगको निर्देशन मान्न तयार भएका दलहरु अव मतगणनामा सहभागी हुने भएका छन । उदयपुरका निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले पनि दलहरुले नमाने पनि मतगणना सुरु गर्न निर्वाचन आयोगबाट निर्देशन आएको बताउनुभयो ।
शनिबार रातिदेखि विवाद भएर रोकिएको मतगणनाको बारेमा प्रतिवेदन निर्वाचन आयोगको केन्द्रिय कार्यालय पठाएपछि आयोगले पुन मतगणना गर्न निर्देशन दिएको हो । बेलका नगरपालिका –४ गुरुङचौरीमा रहेको मतदान केन्द्रको मतपेटिकामा १ हजार ७ सय ४८ मत पत्र हुनुपर्नेमा १ हजार ७ सय ५१ वटा मत पत्र भेटिएपछि मतगणना स्थगित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?