रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण

सारांश

  • बुटवल,  १५ साउन ।
  • रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको १६ औ पद स्थापना कार्यक्रम तथा क्लबको २ सय ३२ औ नियमित बैठक सम्पन्न भएको छ ।
  • रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको वर्ष २०१७÷२०१८ का अध्यक्ष राजिव गौतमले वर्ष २०१८÷२०१९ अध्यक्ष अजित घतानेलाई पद हस्तान्तरण गरेका छन ।

बुटवल,  १५ साउन । रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको १६ औ पद स्थापना कार्यक्रम तथा क्लबको २ सय ३२ औ नियमित बैठक सम्पन्न भएको छ । रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको वर्ष २०१७÷२०१८ का अध्यक्ष राजिव गौतमले वर्ष २०१८÷२०१९ अध्यक्ष अजित घतानेलाई पद हस्तान्तरण गरेका छन ।

कार्यक्रमको उच्च अदालत तुलसीपुर बुटवलका मुख्य न्यायधिस रमेश पोखरेलले सामाजिक कार्यमा युवाहरुको योगदानको महत्वबारे प्रकाश पारे । कार्यक्रममा ईलेक्ट प्रेसिडेन्ट तथा संयोजक मधु भट्टराईले युवाहरुमार्फत समाज परिवर्तनमा लाग्ने प्रेरणा मिलेको बताए ।कार्यक्रममा वर्षभरि क्लबलाई सहयोग गर्ने विभिन्न संघसंस्थाहरुका पदाधिकारीलाई अध्यक्ष गौतमले मायाको चिनोबाट सम्मान गरेका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष पिताम्बर ज्ञवाली, रोटयाक्ट डिष्टिक ३२९२ का सहकोषाध्यक्ष उमेश अधिकारी, जोन ११ का जेडआरआर दीप सुबेदी, जोन १२ का जेडआरआर रमेश नेपालले नया कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभकामना दिदै रचनात्मक काममा जोड दिन सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?