बेलायतमा कोरोना संक्रमितको संख्या बढ्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २२, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ ।
  • प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
  • यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । बेलायतमा गएको मे महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना सङ्क्रमित देखिएका थिए । त्यसपछि यति ठूलो संख्या आइतबार त्यहाँ नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ ।

बेलायतमा अहिलेसम्मका सङ्क्रमितको संख्या ३ लाख ४७ हजार १५२ जना पुगेको छ । यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५५१ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक हो भने ।

उनले केही समययता देखि यहाँ सङ्क्रमितहरु नदेखिएकोमा आइतबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब बेलायतमा पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको बताएका छन् ।

लन्डनमा कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले बेलायतमा जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए । एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?