फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
१८ पटक हेरिएको
Shares
फूलको प्रयोगबारे ज्ञान दिन विमानस्थल पुगे पुष्प व्यवसायी

सारांश

  • काठमाडौं ।
  • फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानको रजत जयन्तीको अबसर पार्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने गरि ५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुलाई पुष्प गुच्छा वितरण गरिएको छ ।
  • फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सम्पन्न पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने कार्यक्रममा पुष्प व्यवसायीको बाक्लोे उपस्थिति रहेको थियो ।

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानको रजत जयन्तीको अबसर पार्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने गरि ५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुलाई पुष्प गुच्छा वितरण गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सम्पन्न पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने कार्यक्रममा पुष्प व्यवसायीको बाक्लोे उपस्थिति रहेको थियो ।

स्वदेशमा उत्पादन हुने पुष्प तथा पुष्पजन्य वस्तुको प्रयोग गरौं र वातावरणलाई स्वच्छ राखौं भनेर सर्वसाधारणलाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

कार्यक्रममा गुलाब, जर्बेरालगायत अन्य कट फ्लावरको गुच्छा प्रदान गर्दै यात्रुहरुलाई स्वागत गरिएको थियो । अन्ताराष्ट्रिय टर्मिनलमा ३ हजार र आन्तरिक टर्मिनलमा २ हजार यात्रुहरुलाई पुष्पगुच्छा प्रदान गरिएको थियो ।

पुष्प व्यवसायको बजार प्रवद्र्धन गर्न यस्तो किसिमको जनचेतनामूलक कार्यक्रमले व्यावसायीलाई फाइदा पुग्ने पुष्प ब्यबसायी तथा ग्लोबल फ्लोराका अध्यक्ष सञ्जीव कार्कीले बताए ।

खुशी र दुखको जुनसुकै बेलामा पनि प्रयोग गरिने पुष्पजन्य बस्तुहरुको प्रयोगलाई व्यापक बनाउँदै नेपाली उत्पादनको प्रयोग अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?