बेलायतलाई चीनको चेतावनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
बेलायतलाई चीनको चेतावनी

सारांश

  • चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको दिएको छ ।
  • हङकङमा जारी प्रदर्शनलाई लिएर बेलायती पक्षको टिप्पणीप्रति लक्षित गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको हो ।
  •  चीनका लागि बेलायती राजदूतले लिउ सियामिङले विदेश सचिव जेरिमी हन्ट र अन्य बेलायती अधिकारीहरुले प्रदर्शनकारीको गतिविधिलाई लिएर दिएको अभिव्यक्ति चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको र यसले दुई देशको सम्बन्धमा क्षति पुर्याएको बताएका छन् ।

चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको दिएको छ । हङकङमा जारी प्रदर्शनलाई लिएर बेलायती पक्षको टिप्पणीप्रति लक्षित गर्दै चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको हो । चीनका लागि बेलायती राजदूतले लिउ सियामिङले विदेश सचिव जेरिमी हन्ट र अन्य बेलायती

अधिकारीहरुले प्रदर्शनकारीको गतिविधिलाई लिएर दिएको अभिव्यक्ति चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको र यसले दुई देशको सम्बन्धमा क्षति पुर्याएको बताएका छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ताले बेलायती विदेश सचिवको अभिव्यक्ति गलत भएको भन्दै आपत्ति जनाएका थिए । बेलायती विदेश सचिवले हङकङका प्रदर्शनकारीलाई बहादुरको संज्ञा दिएका थिए ।

यसअघि बेलायती प्रधानमन्त्री टेरिजा मेले पनि हङकङमा जारी प्रदर्शनलाई लिएर आफुले चिनियाँ नेताहरुसमक्ष चासो प्रकट गरेको बताएकी थिइन । सुपुर्दगी विधेयकलाई लिएर हङकङमा एक हप्तादेखि प्रदर्शन भइरहेको छ । गत सोमबार भएको हिंसात्मक प्रदर्शनमा प्रदर्शनकारीहरुले हङकङको विधायकी परिषद्मा प्रवेश गरी तोडफोड गरेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?