प्रदेश प्रमुखलाई सुरक्षाकर्मीको चिन्ता
सारांश
- ‘बाबुहरु १ मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि विहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।
- ’ प्रदेश ६ प्रमुख नेपाली दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो ।
- यसो भन्नुमा उनको बाध्यता थियो ।
‘बाबुहरु १ मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि विहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।’
प्रदेश ६ प्रमुख नेपाली दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो ।
यसो भन्नुमा उनको बाध्यता थियो । कठ्यांग्रिदो चिसो अनि निवासमा सुरक्षाकर्मीका लागि बस्ने ठाउँ नभएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
‘मलाई त केहि छैन, विचार यी बाबुहरु (सेना)लाई अहिले पनि उस्तै समस्या छु, मंगलबार खनालले सञ्चारमाध्यमसामु मुख खोले, सरकारका तर्फबाट केहि पनि व्यवस्थापन भएको छैन ।
मर्यादाक्रममा प्रदेशको पहिलो नम्बरमा रहने प्रदेश प्रमुख नियुक्त गरे पनि सरकारले उनको निवास तथा कार्यालय व्यवस्थापनमा भने बेवास्ता गरेको छ । सुरक्षाका लागि नेपाली सेनाको १३ जनाको डफ्फा खटाएको छ । तर, सरकारी निवासको व्यवस्था नहुँदा सुरक्षाकर्मी नै उनका लागि सकस भैरहेको छ ।
प्रतिक्रिया