सीपीएलः सन्दिपले पहिलो खेल सेप्टेम्बर ८ मा खेल्ने
सारांश
- एजेन्सी ।
- २०१९को क्यारेबियन प्रिमियर लिग (सीपीएल) सेप्टेम्बर ४ बाट सुरुहुने भएको छ।
- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको बार्बाडस ट्राइडेन्टसले क्यारेबियन प्रिमियर लिगको पहिलो खेल सेप्टम्बर ८ मा खेल्ने भएको छ ।
एजेन्सी । २०१९को क्यारेबियन प्रिमियर लिग (सीपीएल) सेप्टेम्बर ४ बाट सुरुहुने भएको छ। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको बार्बाडस ट्राइडेन्टसले क्यारेबियन प्रिमियर लिगको पहिलो खेल सेप्टम्बर ८ मा खेल्ने भएको छ । सीपीएलले सार्वजनिक गरेको खेल तालिका अनुसार सन्दीपको टिम ट्राइडेन्टसले पहिलो खेल सेप्टेम्बर ८ मा खेल्ने भएको हो । र, ट्राइडेन्टसले पहिलो खेलमा गुएना अमेजन वारियर्ससंग खेल्नेछ । यस्तै दोस्रो खेलमा ट्राइडेन्टसले सेप्टेम्बर ११ मा सन्दीपको पुर्व क्लब सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्ससंग खेल्नेछ । सीपीएलको उद्घाटन खेलमा भने त्रिबागो नाइट राइडर्स र सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ ।
सन्दीपले लगातार दोस्रो सिजन सीपीएल लिग खेल्न लागेको हो । लण्डनमा भएको ड्राफ्टबाट सन्दीपलाई ट्राइडेन्टसले अनुबन्ध गरेको थियो । सन्दीपले गत सिजनको प्याट्रियट्सबाट ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।
प्रतिक्रिया