बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
१७ पटक हेरिएको
Shares
बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव

सारांश

  • मुलुकको धितोपत्र बजारलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ संसद्को अर्थ समितिले गठन गरेको उपसमितिले आज प्रतिवेदन पेश गरेको छ ।
  • समितिका सदस्य रामकुमारी झाँक्री संयोजक, प्रमिला राई, मेटमणि चौधरी, रामबाबु कुमार यादव र हेमकुमार राई सदस्य रहेको उपसमितिले झण्डै एक वर्ष लगाएर अध्ययन गरेको प्रतिवेदन आज पूर्ण समितिमा पेश भएको हो ।
  • समितिले २०७६ साउन २९ गते उक्त उपसमिति गठन गरेको थियो ।

मुलुकको धितोपत्र बजारलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ संसद्को अर्थ समितिले गठन गरेको उपसमितिले आज प्रतिवेदन पेश गरेको छ । समितिका सदस्य रामकुमारी झाँक्री संयोजक, प्रमिला राई, मेटमणि चौधरी, रामबाबु कुमार यादव र हेमकुमार राई सदस्य रहेको उपसमितिले झण्डै एक वर्ष लगाएर अध्ययन गरेको प्रतिवेदन आज पूर्ण समितिमा पेश भएको हो ।

समितिले २०७६ साउन २९ गते उक्त उपसमिति गठन गरेको थियो । पूँजी बजार र मुद्रा बजारसँग सम्बन्धित समस्या, ती समस्या सिर्जना हुनाका कारण, सम्बन्धित निकायबाट भइरहेको कामकारबाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवस्थापकीयलगायत विषयमा सुझावसहितको पेश गर्ने लक्ष्यका साथ उपसमिति गठन भएको थियो ।

उपसमितिले लामो समयदेखि माग हुँदै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ मान्यता प्राप्त वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकलाई समेत शेयर कारोबार गर्नेगरी ‘ब्रोकर लाइसेन्स’ दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । धितोपत्रको दोस्रो बजारको पुहँच देशव्यापी बनाउने लक्ष्यका साथ बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसायी सेवा दिन सक्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

वाणिज्य बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसायको अनुमति दिनुभन्दा पहिले केही प्रश्नहरुको भने सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ । त्यसमा सहायक कम्पनी र मुख्य कम्पनीबीचको अन्तरसम्बन्ध तथा शेयर खरिद बिक्री कारोबारको सीमा के हुने, भित्री कारोबारलाई नियन्त्रण वा निरुत्साहन गर्न कानूनी व्यवस्था पर्याप्त भए÷नभएको स्पष्ट पार्नुपर्ने छ ।

कारोबारको पहिचान गर्न नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा अन्तर्राष्ट्रियस्तरको स्वचालित बजार सुपरीवेक्षण प्रणालीको व्यवस्था भए÷नभएको समेत हेर्नुपर्नेछ । वास्तविक समय अनुमान गर्न आवश्यक संयन्त्र भए÷नभएको, धितोपत्र बजारमा वास्तविक क्षेत्रको हिस्सा कति प्रतिशत हुनुपर्ने जस्ता जिज्ञासाको सम्बोधन गर्नुपर्ने उपसमितिको ठहर छ ।

यस्तै बैंकका शाखाले नै सहायक कम्पनीको काम गर्ने वा सहायक कम्पनीका अलग शाखाहरु देशव्यापी रुपमा सञ्चालन हुने स्पष्ट व्यवस्था गर्नुपर्ने छ । पूर्ण स्वचालित प्रणालीमा जाँदा ब्रोकरको सङ्ख्या घटाउनु वा बढाउनु के गर्नुपर्ने हो र एउटै दलाल व्यवसायीले शेयर खरिद बिक्री गर्ने वा नगर्ने र गर्ने भएमा त्यसका कस्तो सुरक्षात्मक प्रविधिको व्यवस्था गर्नुपर्ने स्पष्ट हुनुपर्नेछ ।

वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर अनुमति दिँदा नियामक निकाय नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड हुने भएकाले कसरी व्यवस्थित गर्ने र हालका धितोपत्र व्यवसायीले तोकिएको परीक्षा दिई उतीर्ण भएको आधारमा ब्रोकर अनुमति पाउने व्यवस्था रहेकामा बैंकको सहायक कम्पनीलाई यो व्यवस्था कसरी लागू गर्ने भन्ने जिज्ञासाको समेत उत्तर दिनुपर्ने उपसमितिले औँल्याएको छ ।

लगानीकर्ताको लगानी सुरक्षित हुने र पूँजीबजारको अवस्थामा वृद्धि र विस्तार हुने वातावरण सिर्जना भएपश्चात अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेलगायतका निकायले आवश्यक तयारी गरी वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसाय अनुमतिपत्र दिने निर्णय गर्नु उचित हुने उपसमितिले निष्कर्ष निकालेको छ ।

त्यस्तै सानो पूँजी तथा न्यून शेयरधनी रहेको कम्पनीको धितोपत्र कारोबारका लागि छुट्टै व्यवस्था गर्न उपसमितिले सुझाव दिएको छ । बोर्ड र नेप्सेमा कार्यरत कर्मचारीलाई शेयर बजारको स्वच्छताका लागि साधारण शेयरमा समेत पहुँच नपुग्ने व्यवस्था मिलाउन सुझाएको छ । ती संस्थाका कर्मचारीको हालसम्म कायम रहेको शेयरको बारेमा समेत सार्वजनिक गर्नुपर्ने सुझाव उपसमितिले दिएको छ । उपसमितिको प्रतिवेदन छिट्टै छलफलमा ल्याई आवश्यक निष्कर्ष निकालिने समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे
६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे
बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, १७ घाइते
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
दीपक मनाङे किन गएनन्  सपथ लिन ? यस्तो छ कारण…..!
दीपक मनाङे किन गएनन् सपथ लिन ? यस्तो छ कारण…..!
हातमा झाडू लिएका मन्त्रीहरुले धमाधम सडक सफा गर्न थालेपछि।।।
हातमा झाडू लिएका मन्त्रीहरुले धमाधम सडक सफा गर्न थालेपछि।।।
डा. केसीलाई भोकै बसाउने माथेमा आयोगको प्रतिवेदनमा के छ ?
डा. केसीलाई भोकै बसाउने माथेमा आयोगको प्रतिवेदनमा के छ ?
स्वेता-श्री फाउण्डेसनलार्इ अस्ट्रेलीयाबाट सहयाेग
स्वेता-श्री फाउण्डेसनलार्इ अस्ट्रेलीयाबाट सहयाेग
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने
विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै

तपाईंले छुटाउनुभयो कि?