खेल हुन्छ खेलाडि छन तर प्रशिक्षक छैनन् !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
खेल हुन्छ खेलाडि छन तर प्रशिक्षक छैनन् !

सारांश

  • विराटनगर,१६ मंसिर ।
  • मोरङमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षक बिहीन अवस्थामा खेलाडी छनौट भइरहेको छ ।
  • जिल्ला खेलकुद विकास समिति मोरङको आयोजनामा जारी छनौटमा २२ वटा खेलका खेलाडी छनौट प्रक्रियामा रहेको समितिका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए ।

विराटनगर,१६ मंसिर । मोरङमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षक बिहीन अवस्थामा खेलाडी छनौट भइरहेको छ । जिल्ला खेलकुद विकास समिति मोरङको आयोजनामा जारी छनौटमा २२ वटा खेलका खेलाडी छनौट प्रक्रियामा रहेको समितिका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले सुरुवातमा १६ खेलबाट खेलाडी छनौट गर्न पत्र काटे पनि, शनिबार थप ६ खेल सहभागी गराउन निर्देशन दिएको समितिले जनाएको छ । तर, बिडम्बना छनौटका लागि सहभागी अधिकांश खेल र खेलाडी प्रशिक्षक बिहीन छन् ।

प्रतियोगिताका लागि मात्र सक्रिय हुने खेलकुद संघ यतिबेला खेलाडी खोज्ने र सीमित खेलाडीबाट जिल्लाको प्रतिनिधित्व गराउने कार्यमा तल्लिन छन् । सोही क्रममा जिल्ला बक्सिङ्ग संघ मोरङले परिषद्को छनौट कोटा अनुसार तीनजना शनिबार छनौट गरेको छ । बक्सिङ्गतर्फ जिल्ला प्रशिक्षक सागर पोखरेलले गएको असोजमा पदबाट राजीनामा दिए। प्रशिक्षक बिहीन रहेको सो संघले अध्यक्ष रामबाबु पासवानकै अगुवाइमा तीनजना खेलाडी चयन गरेको हो ।

सो छनौटका लागि निर्णायक भूमिकामा भने, राजीनामा दिएका पोखरेल, कराँतेका प्रशिक्षक बिमल पोखरेल र उसुका विनोद मारिक रहेको समितिले जनाएको छ । संघले शनिबार चिराग अरोरा, बसन्त बुढाथोकीलाई प्रतिस्पर्धाका आधारमा र ८० किलोतौल समूहमा काठमाडौँमा रहेका आयुषकुमार केसीलाई निर्विरोध छनौटमा सहभागी नगराइ चयन गरेको संघका अध्यक्ष पासवानले जनाए । संघले छनौट पूर्व १३ जना खेलाडी अभ्यासमा रहेको दाबी गरे पनि, शनिबार अरोरा र बुढाथोकीमात्र प्रतिस्पर्धामा भिडेका थिए ।

खेलाडी छनौटका लागि खेलकुद समितिले संघलाई दुई हजार रुपैयाँ मात्र उपलब्ध गराएको अध्यक्ष पासवानले बताए । सीमित रकम, श्रोत र साधानबाट धेरै अपेक्षा गर्न नसकिने बताएका पासवानले खेलकुद लामो समयदेखि यसरी नै चल्दै आएको गुनासो गरे । त्यसैगरी, जिल्ला टेबलटेनिस संघ मोरंगले पनि प्रशिक्षकविहीन अवस्थामा महिला र पुरुषतर्फ समान पाँचजना खेलाडी छनौट गरेको छ । केही समय अघि जिल्ला प्रशिक्षक शिवनारायण श्रेष्ठ पूर्वाञ्चल खेलकुद विकास समितिको निर्देशकमा बढुवा भएपछि, टिटी प्रशिक्षक बिहीन रहेको छ । टेबलटेनिसमा पनि संघका पदाधिकारीहरुले नै खेलाडी चयन गराएका छन् । यसअघि पनि विभिन्न प्रतियोगिताका लागि खेलाडी छनौट गर्दा संघ विवादमा फस्दै आएको थियो । यद्यपि त्यो अवस्था यसपटक नदेखिएको समितिले जनाएको छ ।

खेलकुद परिषद्ले प्रशिक्षकका विषयमा चाडै निर्णय लिने अपेक्षा गरेका समितिका अध्यक्ष अमात्यले भने, ‘जिल्लामा प्रावीधिक रुपमा प्रशिक्षकको कमी रहेको छ त्यसैले पनि छनौटमा अन्य खेलका प्रशिक्षकलाई आलोपालो गर्दै निर्णायक मण्डलीमा राख्नुपर्ने बाध्यतामा रहेका छौँ ।’

हाल २२ वटा खेलको छनौट भइरहेको जसमा टेबलटेनिस, बास्केटबल, खो खो, कपर्दी, एथलेटिक्स, बक्सिङ्ग, ब्याडमिन्टन लगायतमा प्रशिक्षक बिहीन अवस्था रहेको छ । यद्यपि, २१ जना खेलाडी छनौट गरेको कराँतेतर्फ भने जिल्लामा ८ जना प्रशिक्षक रहेको अध्यक्ष अमात्यले जानकारी दिए । जसमा सुरज सुवेदी भने गएको दुई महिनादेखि काजमा संखुवासभामा रहेका छन् ।

बास्केबलमा पनि विगत ३ वर्षदेखि स्वयंसेवक प्रशिक्षकका रुपमा कार्यरत सरोज लम्सालले खेलाडी छनौट गराएका छन् । प्रशिक्षकका लागि आवेदन दिइसकेका र निर्णयको पर्खाइमा रहेका लम्साल, विराटनगरमा बास्केटबल कान्छो खेलका रुपमा रहेको बताउँछन् । तथापी यसमा खेलाडी र दर्शकको आकर्षण बढ्दै गएको उनको अनुभव रहेको छ । १० जना खेलाडी र दुईजना वैकल्पिक खेलाडीसहित १२ जना खेलाडी छनौट लागि बास्केटबललाई पाँच हजार रुपैयाँ उपलब्ध गराएको समितिले जनाएको छ । २१ गतेसम्म छनौट हुने बताएका खेलकुद समितिका कार्यालय प्रमुख देवराज कट्वालले भने, ‘छनौटका लागि ५ लाख ९० हजार रुपैयाँमात्र प्राप्त भएको छ । खेलाडी छनौटका लागि ५ लाख रुपैयाँ र ९० हजार रुपैयाँ खेल सामग्रीका लागि छुटइएको हो । त्यसैबाट कार्यक्रम चलेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सफा र बुटिकसफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
सफा र बुटिकसफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग
काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग
ढल्यो कोशी प्रदेश सरकार ,अदालतकाे दियाे यस्ताे आदेश
ढल्यो कोशी प्रदेश सरकार ,अदालतकाे दियाे यस्ताे आदेश
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
मोदी आउने भनेपछि फेसबुक-ट्विटरमा नाकाबन्दी सम्झँदै
बलात्कारीलाइ सरकारी डाक्टरले साथ दिएपछि…
बलात्कारीलाइ सरकारी डाक्टरले साथ दिएपछि…
धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते
धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते
प्रदेशसभा चुनावमा मामा भान्जाको रोचक भिडन्त
प्रदेशसभा चुनावमा मामा भान्जाको रोचक भिडन्त
डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी
डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी