त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
सारांश
- काठमाडौँ- नेपालगञ्जबाट काठमाडौँ आएको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिँदा केही यात्रु सामान्य घाइते भएका छन्।
- दुर्घटनामा जहाजमा केही क्षति पुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ।
- शनिबार बेलुकी नेपालगञ्जबाट आएको यतिको जेटस्ट्रिम- ४१ जहाज दुर्घटनामा परेको हो।
काठमाडौँ- नेपालगञ्जबाट काठमाडौँ आएको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिँदा केही यात्रु सामान्य घाइते भएका छन्। दुर्घटनामा जहाजमा केही क्षति पुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ।
शनिबार बेलुकी नेपालगञ्जबाट आएको यतिको जेटस्ट्रिम- ४१ जहाज दुर्घटनामा परेको हो।
विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार उक्त जहाजमा यात्रा गरिरहेकामध्ये केही यात्रु जहाज चिप्लिएपछि घाइते भएका थिए।
भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे मैदानमा पुगेको छ । घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको विमानस्थल स्रोतले जनायो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया