सागको नवौं दिन १३ खेल, कुन खेल कहाँ ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २३, २०७६
|
|
१७ पटक हेरिएको
Shares
सागको नवौं दिन १३ खेल, कुन खेल कहाँ ?

सारांश

  • काठमाडौं ।
  • नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
  • सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा आठौं दिनसम्म भारतले १४५ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल कहाँ ?

फुटबल :

साग अन्तर्गत महिला फुटबलको फाइनल खेल सोमबार हुनेछ । पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ ।

पुरुषको फाइनल भने मंगलबार हुनेछ । जसमा नेपाल र भुटान खेल्नेछन् ।

क्रिकेट :

साग क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल सोमबार हुनेछ । स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै नेपाल र माल्दिभ्सले कास्य पदकको लागि खेल्नेछ ।

महिलातर्फको स्वर्ण बंगलादेश, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ ।

कबड्डी :

हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा सोमबार महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ । पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ । महिलाको फाइनल खेल १ बजे हुनेछ ।

बास्केटबल :

बास्केटबल अन्तर्गत सोमबार सेमिफाइनल खेल हुनेछ । पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुने छ ।

थ्री बाई थ्रीको भने सेमिफाइनल र फाइनल हुनेछ ।

पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसँग खेल्नेछ । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।

­­­­­­बक्सिङ :

साग बक्सिङमा सोमबार विभिन्न स्पर्धाको फाइनल हुनेछ ।

सोमबार बक्सिङमा ८ स्पर्धाको फाइनल खेल हुनेछ ।

नेपालका कुल ९ खेलाडी फाइनल पुगेका छन् ।

आर्चरी :

आर्चरीमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । आर्चरी पोखरामा भईरहेको छ ।

 स्क्वास :

सोमबार स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

टेनिस :

टेनिस अन्तर्गत सोमबार महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु हुनेछन् ।

टेनिस अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिस्पर्धा गर्दैछन् ।

 कुस्ती :

कुस्तीमा सोमबार दुई स्वर्ण पदकका लागि खेल हुनेछ ।

आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई र नेपालले एक स्वर्ण पदक जितेका छन् ।

 जुडो :

साग अन्तर्गत जुडोमा सोमबार विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा  ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

खेल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुनेछ ।

फेन्सिङ :

फेन्सिङ अन्तर्गत सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

पौडी :

पौडी अन्तर्गत सोमबार विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा बिहान हिट र बेलुका फाइनल चरणका खेल हुनेछ ।

सुटिङ :

सुटिङ अन्तर्गत सोमबार पनि एक खेलको प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?