सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने

सारांश

  • काठमाडौँ ।
  • सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ ।
  • सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना नलिई बसेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो ।

काठमाडौँ । सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ ।

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना नलिई बसेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो ।

सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारी वर्षौंसम्म पनि आफूखुसी बस्न थालेपछि मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो । रमाना भएका तर तोकिएको ठाउँमा नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाटै असुल गरिने समेत उक्त परिपत्रमार्फत मन्त्रालयले जनाएको छ ।

यसैगरी सरुवा भएको सात दिनभित्र रमाना लिई नगए निजामती सेवा नियमावली, २०५० को नियम ६८ बमोजिम विभागीय सजाय गरिने जनाइएको छ । हालसम्म सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिएर सात दिनभित्र उक्त जानकारी मन्त्रालयमा गराउन उक्त परिपत्रमार्फत भनिएको छ ।

मन्त्रालयको निर्णय कार्यान्वयन नगर्ने÷नगराउने विभागीय प्रमुख, कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई समेत निजामती सेवा ऐन, २०४९ को दफा ६० (क) बमोजिम विभागीय सजायसम्बन्धी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
एस. जयशंकरलाई मोदीले मन्त्रीको सपथ खुवाउँदा ओली चकित र चिन्तित !
एस. जयशंकरलाई मोदीले मन्त्रीको सपथ खुवाउँदा ओली चकित र चिन्तित !
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित )
भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित )
मी टु आन्दोलनको प्रभावः बलात्कारको क्षतिपूर्ति भराउन ३० हजार डलर जरिवाना
मी टु आन्दोलनको प्रभावः बलात्कारको क्षतिपूर्ति भराउन ३० हजार डलर जरिवाना
बस दुर्घटनामा १२ घाइते
बस दुर्घटनामा १२ घाइते
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
नेपाल वायुसेवा निगम ; सार्वजनिक निजी साझेदारीमा लैजान सुझाव
नेपाल वायुसेवा निगम ; सार्वजनिक निजी साझेदारीमा लैजान सुझाव
सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाले पोखिन आक्रोस
सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाले पोखिन आक्रोस