बोल्डनेस र विवादका कारण चर्चित अभिनेत्री पुनम पाण्डेको निधन

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०८०
|
|
३३ पटक हेरिएको
Shares
बोल्डनेस र विवादका कारण चर्चित अभिनेत्री पुनम पाण्डेको निधन

सारांश

  • काठमाडौं ।
  • बोल्डनेस र विवादका कारण चर्चित अभिनेत्री पुनम पाण्डेको अचानक निधन भएको छ ।
  • उनका प्रबन्धकले यो खबरको पुष्टि गरेका छन् ।

काठमाडौं । बोल्डनेस र विवादका कारण चर्चित अभिनेत्री पुनम पाण्डेको अचानक निधन भएको छ । उनका प्रबन्धकले यो खबरको पुष्टि गरेका छन् । पूनम पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । यो खबर बाहिर आएपछि सबै स्तब्ध भएका छन् ।

३२ वर्षीया पुनम पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । अभिनेत्रीको टोलीले आफ्नो बयानमा यो खुलासा गरेको हो । पुनम पाण्डेको टोलीले आफ्नो आधिकारिक इन्स्टाग्राम पेजबाट सामाजिक सञ्जालमा आधिकारिक बयान जारी गरेको छ ।

यसमा लेखिएको छ, ‘आजको बिहान हामी सबैका लागि निकै कठिन छ । पाठेघरको मुखको क्यान्सरबाट हाम्रो प्यारी पुनमलाई गुमाउनु परेकोमा हामी दुःखी छौं । उनीसँग सम्पर्कमा आएका हरेक जीवित प्राणीहरूलाई उनले पूर्ण प्रेम र दया दिइन् । यस दुखद घडीमा, हामी प्रशंसकहरूबाट गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं ताकि हामी उनलाई मायालु रूपमा सम्झन सकौं।’

पूनम पाण्डेको इन्स्टाग्रामबाट सेयर गरिएको यो पोष्टले सामाजिक सञ्जाल प्रयोगकर्तालाई स्तब्ध पारेको छ । धेरै प्रयोगकर्ताहरूले पोस्टमा टिप्पणी गरेका छन् र सोधेका छन् कि यो मजाक हो ? के पूनमको टोलीले कुनै परियोजनाको प्रवर्द्धन गर्न यो ट्रिक गरिरहेको छ? के उनी पाठेघरको मुखको क्यान्सरबारे सचेतना फैलाउन चाहन्छिन् वा उनको खाता ह्याक भएको छ?

इन्डिया टुडेले पूनम पाण्डेको व्यवस्थापन टोलीसँग कुरा गरेर उनको निधन भएको पुष्टी गरेको छ । उनको व्यवस्थापनले भनेको छ – ‘केही समयअघि पूनमलाई क्यान्सर भएको पाइयो । यो अन्तिम चरणको क्यान्सर थियो। उनी आफ्नो गृहनगर यूपीमा थिइन् र त्यहाँबाट उपचार गराइरहेकी थिइन् । उनको अन्तिम संस्कार पनि त्यहीँ हुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?