कतारमा एकता समाजले मनायो मजदूर दिवस
सारांश
- उद्धव मगर दोहा (कतार) ।
- कतार नेपाली एकता समाजले दोहामा १२९ औं अन्तर्राष्ट्रिय मजदूर दिवस भव्यरुपमा मनाएको छ ।
- कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकता समाजका केन्द्रीय महासचिव खिम बुढा मगरले गरेका थिए ।
उद्धव मगर
दोहा (कतार) । कतार नेपाली एकता समाजले दोहामा १२९ औं अन्तर्राष्ट्रिय मजदूर दिवस भव्यरुपमा मनाएको छ । कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकता समाजका केन्द्रीय महासचिव खिम बुढा मगरले गरेका थिए ।
बुद्धिजीवी विभागका पूर्वअध्यक्ष कमल आचार्यले स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा अतिथिहरु पूर्व उपाध्यक्ष दावा लामा, पूर्व कार्यवाहक अध्यक्ष टुकनाथ शर्मा, केन्द्रीय कोषाध्यक्ष धनबहादुर परियार, रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष बलदेव राना मगर, महिला विभागका अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका अध्यक्ष हरिप्रसाद शर्मा, दोहा एरिया समितिका गिरी काउछा मगर, सनैया डि एरिया समितिका सचिव तेजनारायण शर्मा, सलता एरिया समितिका शालिकराम पुन, सहलिया एरिया समितिका लक्ष्मण कोइराला, साहानिया एरिया समितिका अध्यक्ष जनक मल्ल, लेवर सिटी एरिया समितिका अध्यक्ष रेशम रोका मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले श्रमजीवी मजदूरहरुको वीरतापूर्ण बलिदानी संघर्षको ऐतिहासिक दिन मे १ लाई स्मरण गर्दै संसारका विभिन्न देशहरुमा १ मे का दिन १२९औं मजदूर दिवस मनाउँदै गर्दा श्रमजीवी मजदूरहरुको अभिभाक संगठन कतार नेपाली एकता समाजले पनि बृहत कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको बताए । उनले मे १ लाई संसारभरका श्रमिकहरुले एक महान चाडका रुपमा मनाउँदै आएको बताएका थिए ।
Justin Biral
? TOPPERZ KA BOT Shikhar News ?
?⛄? CHBOTTERZ?NEPALIKING,TK ?⛄?