बौद्ध धर्ममा देखिएको चूनौतिमा चिन्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
८६ पटक हेरिएको
Shares
बौद्ध धर्ममा देखिएको चूनौतिमा चिन्ता

सारांश

  • भूकम्पले प्रभावित बनेका नेपालका विभिन्न जिल्लाका १ सय ८ वटा गुम्बा निर्माण गर्ने अभियान सञ्चालन गरिरहेको नेपाल बौद्ध संघले सोमबार काठमाडौँको बौद्धमा विभिन्न स्थानमा रहेका गुम्बाका लामा गुरु तथा सरोकारवालासँग छलफल गरेको छ ।
  • तिबेत होटलमा आयोजित छलफल कार्यक्रममा विभिन्न गुम्बाका करिब २ दर्जन प्रतिनिधि सहभागि थिए ।
  • छलफलका सहभागिहरुले गुम्बा निर्माणसँगै पछिल्लो समय बौद्ध धर्म र दर्शनको परम्परागत अभ्यासलाई नयाँ पूस्तामा लैजान चूनौतिको सामना गर्नु परिरहेको बताए ।

भूकम्पले प्रभावित बनेका नेपालका विभिन्न जिल्लाका १ सय ८ वटा गुम्बा निर्माण गर्ने अभियान सञ्चालन गरिरहेको नेपाल बौद्ध संघले सोमबार काठमाडौँको बौद्धमा विभिन्न स्थानमा रहेका गुम्बाका लामा गुरु तथा सरोकारवालासँग छलफल गरेको छ । तिबेत होटलमा आयोजित छलफल कार्यक्रममा विभिन्न गुम्बाका करिब २ दर्जन प्रतिनिधि सहभागि थिए ।

छलफलका सहभागिहरुले गुम्बा निर्माणसँगै पछिल्लो समय बौद्ध धर्म र दर्शनको परम्परागत अभ्यासलाई नयाँ पूस्तामा लैजान चूनौतिको सामना गर्नु परिरहेको बताए । आधुनिकताको नाममा परम्परागत संस्कार बिर्सदै जाने परिपाटीले पछिल्लो समय बौद्ध शिक्षा अध्ययन गर्नेको संख्या निकै कमी भइरहेको उनीहरुको गुनासो थियो ।

त्यस्तै सरकारी वेवास्ताका कारण धार्मिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका कतिपय प्राचीन गुम्बा नष्ट हुने अवस्थामा पुगिरहेको चिन्ता उनीहरुले व्यक्त गरे । छलफलमा सहभागि भएका लामा तथा बौद्ध समुदायका प्रवुद्ध व्यक्तिहरुले नेपाल बौद्ध संघले गा्रमिण क्षेत्रमा रहेका लामाहरुको बौद्ध शिक्षा र ज्ञानको अभिवृद्धि गर्न समेत भूमिका खेल्नु पर्ने सुझा दिए ।

छोग्याल रिन्पोछेको नेत्तृत्वमा सन् २०१६ सालमा स्थापना गरिएको नेपाल बौद्ध संघले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेका १ सय ८ गुम्बा निर्माण गर्ने अभियान लिएको छ । सिन्धुपाल्चोक, मकवानपुर र ललितपुरमा गरी हालसम्म संघले ५ ओटा गुम्बाको निर्माण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाका दुई सांसदको शपथ
रास्वपाका दुई सांसदको शपथ
वैदेशिक रोजगार व्यवसाय मर्यादित हुनुपर्छ – ओली
वैदेशिक रोजगार व्यवसाय मर्यादित हुनुपर्छ – ओली
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
विकासको ‘गोलचक्कर’ : त्यसलाई कसरी तोड्ने ?
विकासको ‘गोलचक्कर’ : त्यसलाई कसरी तोड्ने ?
एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो
कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी