नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
सारांश
- नेपालमा कोरोना संक्रमित नेपालीको संख्या ५ पुगेको छ ।
- बेल्जियमबाट नेपाल आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको उच्च स्रोतले जनाएको छ ।
- नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ पुगेपछि उनीहरूमध्ये एक जना निको भैसकेका छन् ।
नेपालमा कोरोना संक्रमित नेपालीको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको उच्च स्रोतले जनाएको छ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ पुगेपछि उनीहरूमध्ये एक जना निको भैसकेका छन् ।
स्वास्थ्य तजा जनसंख्या मन्त्रालयकाअनुसार दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पाँचौं संक्रमितलाई काठमाडौं ल्याएर उपचार गराउने तयारी भएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने,”जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमध्ये आज फेरि एक जनामा पोजिटिभ देखिएको छ । अहिलेलाई यो काठमाडौं उपत्यकाभन्दा बाहिरको केश छ ।”
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया