नारायणी नदीलाई सुन्दर र रमणीय बनाइँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
१८ पटक हेरिएको
Shares
नारायणी नदीलाई सुन्दर र रमणीय बनाइँदै

सारांश

  • नारायण अधिकारीऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइने भएको छ ।
  • समग्र नदीको बृहत् गुरुयोजना निर्माण गरी गौरवको आयोजनाको रुपमा यसलाई अगाडि बढाइने भएको हो ।
  • प्रदेश नम्बर ३ का सरकारले मदनभण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईको संयोजकत्वमा विज्ञको समिति गठन गरी यसै महीनाभित्र प्रतिवेदन पेश गर्ने गरी गुरुयोजना निर्माण गर्ने काम गरिरहेको छ ।

नारायण अधिकारीऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइने भएको छ । समग्र नदीको बृहत् गुरुयोजना निर्माण गरी गौरवको आयोजनाको रुपमा यसलाई अगाडि बढाइने भएको हो ।

प्रदेश नम्बर ३ का सरकारले मदनभण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईको संयोजकत्वमा विज्ञको समिति गठन गरी यसै महीनाभित्र प्रतिवेदन पेश गर्ने गरी गुरुयोजना निर्माण गर्ने काम गरिरहेको छ । समितिका संयोजक भट्टराईका अनुसार नदीको प्रत्यक्ष अध्ययन, अवलोकन र नापजाँच गरी गुरुयोजना बनाउने काम भइरहेको छ ।

सोही क्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्यसँगै विज्ञले स्थलगत अध्ययन गरेका छन् । सङ्घीय सरकारका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरु, सांसदलगायतले पनि नदीको अवलोकन गरेको भट्टराईले बताउनुभयो । बहुवर्षीय योजनाको रुपमा काम गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न सहज हुने गरी हालका लागि गुरुयोजनाको प्रारम्भिक प्रतिवेदन तयार भइरहेको छ ।

भट्टराईका अनुसार स्व मदन भण्डारीको जिप दुर्घटना भएको स्थल दासढुङ्गा र शव भेटिएको स्थल गाँजापुरमा आउँदो वर्षबाट काम गर्न बजेट विनियोजन गर्न मिल्ने गरी गुरुयोजना निर्माण भइरहेको छ । उहाँका अनुसार दासढुङ्गामा अन्तर्राष्ट्रियस्तरको राजनीतिक अनुसन्धान केन्द्रसहितको बृहत् पार्क र गाँजापुरमा आवासीयस्तरको जैविक विविधता केन्द्र स्थापना गरिँदैछ । गाँजापुरमा भण्डारीको तत्कालीन समयमा भेटिएको शवकै आकारको प्रतिमा पनि निर्माण गरिँदै छ ।

भट्टराईले नारायणी नदीको दुवैतर्फ व्यवस्थित तटबन्ध र चार लेनको सडक निर्माणका लागि गुरुयोजना निर्माण गरिएको बताउनुभयो । सडकसँगै हरियाली बनाएर त्यसपछि मात्र बस्ती वा अन्य संरचना हुनेछन् । नारायणी नदीको पानीमा स्वच्छता ल्याउनका लागि फोहर पानी प्रशोधन गरेर मात्र मिसाउने व्यवस्था गरिँदै छ । कालीगण्डकी र त्रिशूली मिसिएर नारायणी नदी बनेको हो ।

कालीगण्डकीको उद्गमस्थल मुक्तिनाथ र दामोदर कुण्ड एवं त्रिशूलीको उद्गमस्थल गोसाइँकुण्डबाटै नदीलाई स्वच्छता ल्याउने गरी काम गर्नका लागि गुरुयोजना निर्माण गरिँदै गरेको भट्टराईले बताउनुभयो । सुन्दर र रमणीय नारायणी नदीमा त्यसपछि पानी जहाज सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

प्रदेश नम्बर ३ सरकारका सल्लाहकार जगन्नाथ थपलियाले यस गुरुयोजना बनेसँगै प्रदेश नम्बर ३, गण्डकी प्रदेश र स्थानीय सरकार सहकार्य गरेर नारायणी नदीमा बहुउद्देश्यीय कार्यक्रम अघि बढाइने बताउनुभयो । यस अभियानमा सङ्घीय सरकारले सहयोग गर्ने उहाँको भनाइ छ । नारायणी नदी र जोडिएका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको उहाँको भनाइ छ ।

विदेशमा नदीलाई संरक्षण गरेर आर्थिक क्रियाकलापमा प्रयोग गरिएको भन्दै उहाँले त्यही ढङ्गले नारायणी नदी र सँगै रहेका संरचनालाई संरक्षण गरी व्यवस्थित गरिने बताउनुभयो । उहाँले जननेता मदन भण्डारी र जीवराज आश्रितसँग सम्बन्ध जोडिएको ठाउँ भएकाले एउटा तीर्थस्थलको रुपमा हेरिएको बताउनुभयो । नारायणी नदीलाई देशकै एउटा आन्तरिक र बाह्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको थपलियाले बताउनुभयो ।

गुरुयोजना बनेसँगै नदीको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम अगाडि बढाउने उहाँले बताउनुभयो । नारायणी नदीसँग जोडिएको पवित्र तीर्थस्थल देवघाट हुँदै नगर वन, सामुदायिक वनलगायतका क्षेत्रलाई व्यवस्थित गराइने छ ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले पर्यटकीय गन्तव्य जल र जङ्गलमा केन्द्रित भएको भन्दै नारायणी नदीलाई संरक्षण र व्यवस्थित गर्नसके पर्यटन प्रवद्र्धन गर्न ठूलो टेवा पुग्ने बताउनुभयो । पछिल्लो समय नदी किनारमा बनेका उद्योग र होटलका फोहरसँगै पूजाआजामा मूर्ति सेलाउनेजस्ता कामले नदी प्रदूषित बन्दै गएको उहाँले बताउनुभयो ।

शहर बजारका फोहरसमेत नदीमा सोझै विसर्जन गरिँदै आएको भन्दै उहाँले नारायणी नदीलाई व्यवस्थित गर्नसके तेस्रो पर्यटकीय गन्तव्य चितवनमा थप पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो
मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’
चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’
यसरी भयो ‘सवारी’मा यात्रुको विद्रोह (भिडियो सहित) “राष्ट्रपति हामीले बनाएका हौं”
यसरी भयो ‘सवारी’मा यात्रुको विद्रोह (भिडियो सहित) “राष्ट्रपति हामीले बनाएका हौं”
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
मन्त्रिपरिषद् निर्णय : भूउपयोग नियमावली पास
मन्त्रिपरिषद् निर्णय : भूउपयोग नियमावली पास
स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा काममा बाधा
स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा काममा बाधा
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै
अमेरिकी संसद्‌द्वारा ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन
अमेरिकी संसद्‌द्वारा ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन

तपाईंले छुटाउनुभयो कि?