पोखराको सेती नदीको खोचमा परेका एक युवाको सुरक्षाकर्मीद्धारा उद्धार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
३० पटक हेरिएको
Shares
पोखराको सेती नदीको खोचमा परेका एक युवाको सुरक्षाकर्मीद्धारा उद्धार

सारांश

  • पोखराको सेतीनदीको खोचमा परेका एक युवालाई सुरक्षाकर्मीको समुहले आज उद्धार गरेका छन ।
  • पोखराको पृथ्बीचोक बसपार्क स्थित कृष्णटोल निवासि २२ बर्षीय मनोज सुनार (चाईना) सेतिनदीमा खोचमा पुगे पछि आज बिहान सुरक्षाकर्मीको टोलीले करिब साँढे दुई घण्टाको प्रयासमा उनलाई उद्धार गरेको हो ।
  • पोखराको चाईना पुल भन्दा दक्षिणतर्फ अर्थात रंगशालाको पश्चिम पट्टिको भागको सेतीनदीको खोचमा सुनार पुगे पछि बिहान सुनारलाई पुलमा हिड्ने बटुवाले देखेर प्रहरीलाई खबर गरे पछि सुरक्षाकर्मीको तिनैवटा अंग (नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल) परिचालन भएको थियो ।

पोखराको सेतीनदीको खोचमा परेका एक युवालाई सुरक्षाकर्मीको समुहले आज उद्धार गरेका छन । पोखराको पृथ्बीचोक बसपार्क स्थित कृष्णटोल निवासि २२ बर्षीय मनोज सुनार (चाईना) सेतिनदीमा खोचमा पुगे पछि आज बिहान सुरक्षाकर्मीको टोलीले करिब साँढे दुई घण्टाको प्रयासमा उनलाई उद्धार गरेको हो । पोखराको चाईना पुल भन्दा दक्षिणतर्फ अर्थात रंगशालाको पश्चिम पट्टिको भागको सेतीनदीको खोचमा सुनार पुगे पछि बिहान सुनारलाई पुलमा हिड्ने बटुवाले देखेर प्रहरीलाई खबर गरे पछि सुरक्षाकर्मीको तिनैवटा अंग (नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल) परिचालन भएको थियो । मनोजको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । 

सुरक्षाकर्मीले बिहान मनोजलाई सेतीनदकिो खोचमा भेट्दा उनी सामान्य बोलचाल गरेका थिए भने केहि समय पछि मनोज वेहोस अबस्थामा पुगेका थिए ।

 

उद्धार पछि उनलाई पोखरा हस्पिटलमा लगिएको थियो । उनको थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको छ । आइतबार बेलुका ५ बजेसम्म घरमै रहेका सुनार ५ बजे पछि घरबाट बेपत्ता भएको उनका बाबु दिपक सुनारले बताए । विगत १७ बर्ष देखि पोखरामा मजदुरी गर्दै आएको सुनार परिवारको एक्लो छोरा एक दिन देखि उनी बेपत्ता हुदा घरमा रुवावासि चलेको थियो ।

मनोजकी एक श्रीमती रोजगारको शिलशिलामा विदेशमा छन भने मनोज घरमै बस्दै आएका छन । उद्धारमा पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी गण पार्दीको रेस्क्यू टोली, पोखराको मालेपाटनमा रहेको शसस्त्र प्रहरी बल कालिका गणको क्षेत्रिय विपद् व्याबस्थापनको टिम र नेपाली सेनाको कालिभन्जनको रेस्क्यू टिम समेत उद्धारमा खटिएको प्रहरीले जनाएको छ। करिब साँढे दुई घण्टा पछि मनोजलाई उद्धार गरे पनि उद्धार पछि झाडी र झ्याङबाट उनलाई सुरक्षाकर्मीले काधमा बोकेर अस्पताल पुराएका हुन। स्टेचरको अभावमा उनलाई सुरक्षाकर्मीहरुले काधमा बोकेका हुन। मनोजलाई खोचबाट उद्धार गरेसंगै स्टेचर स्टेर भनेर सुरक्षाकर्मीहरुले माग गर्दा तत्काल स्टेचर नहुदा उनलाई सुरक्षाकर्मीले बोकेरै हस्पिटल पुराएका हुन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
सक्षम भए जसले कमान्ड गरे पनि हुन्छ : श्रृष्टि खड्का
सक्षम भए जसले कमान्ड गरे पनि हुन्छ : श्रृष्टि खड्का
आमनिर्वाचन-२०७९ : धनुषा-४ मा त्रिपक्षीय प्रतिस्पर्धा
आमनिर्वाचन-२०७९ : धनुषा-४ मा त्रिपक्षीय प्रतिस्पर्धा
बकर इदमा आपसी सद्भाव र सम्मान बढेर जाने सभामुखको विश्वास
बकर इदमा आपसी सद्भाव र सम्मान बढेर जाने सभामुखको विश्वास
कात्तिक २८ गतेको राशिफल
कात्तिक २८ गतेको राशिफल
चार अर्बको घिउ नबिक्नुमा यस्तो रहेछ कारण
चार अर्बको घिउ नबिक्नुमा यस्तो रहेछ कारण
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै सरकारप्रति माधव नेपालको असन्तुष्टि
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै सरकारप्रति माधव नेपालको असन्तुष्टि
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी

तपाईंले छुटाउनुभयो कि?