शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
६६ पटक हेरिएको
Shares
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा

सारांश

  • काठमाडौं, १३ माघ ।
  • प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा महामन्त्री डा.
  • शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन् ।

काठमाडौं, १३ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन् ।

पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि पार्टीभित्रबाटै चर्को आलोचना खेपिरहेका देउवाले कोइरालालाई संसदीय दलको नेता बताएर नेतृत्व हस्तान्तरणको संकेत दिन खोजेको बताइएको छ ।

पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका भनिएका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा आफू प्रतिस्पर्धा गर्ने अभिव्यक्ति दिइरहेका बेला देउवाले पौडेल समूहकै कोइरालालाई अघि सारेर पौडेल समूहलाई कमजोर बनाउने खेल खेलेको अनुमान कतिपय नेताहरुले गरेका छन् ।

पौडेल समूहबाट संसदीय दलको नेतामा दाबी गरेका सिंहलाई ब्याक गर्दै देउवाले कोइरालालाई अघि सारेपछि समस्या हुने निश्चित छ ।

पौडेललाई पनि आफ्नै समूहका नेतालाई देउवाले च्यापेपछि धर्मसंकटमा पर्ने निश्चित छ । कोइरालालाई नै समर्थन गर्दा प्रकाशमानलाई मनाउनुपर्ने चुनौति छ भने समर्थन नगर्दा आफ्नै समूहबाट महामन्त्रीमा विजयी भएका कोइराला रुष्ट हुने सम्भावना छ ।

देउवाले प्रकाशमानसँग प्रतिस्पर्धा गर्नुभन्दा कोइरालाई अघि सार्दा सहज हुने भएकाले नयाँ रणनीति लिएको बुझिएको छ ।

यद्यपी देउवाले पौडेल समूहका कोइरालालाई संसदीय दलको नेता बनाउँदा देउवा समूहकै कतिपय नेताहरु भने रुष्ट हुने देखिन्छ ।

पार्टीको पराजयपछि निकै आलोचना खेपेका देउवाले नेतृत्व हस्तान्तरणको माग गर्ने युवा नेताहरुको समुहबाट विश्वप्रकाश शर्मालाई प्रवक्ता र बद्री पाण्डेलाई राष्ट्रियसभाको उम्मेदवार बनाएर युवा नेताहरुको समूह फुटाइसकेका छन् ।

अब कोइरालालाई अघि सार्दा पौडेल समूह कमजोर बन्ने अनुमान देउवाको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट: अफगानिस्तान किन नेपालमाथि हाबी हुँदै छ?
क्रिकेट: अफगानिस्तान किन नेपालमाथि हाबी हुँदै छ?
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
२५ करोडको मल खोई ?
२५ करोडको मल खोई ?
सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालय शुभारम्भ
सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालय शुभारम्भ
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
महिनावारीको दुखाइ कम गर्न के गर्ने ?
महिनावारीको दुखाइ कम गर्न के गर्ने ?