भुकम्पमा परी ८ काे मृत्यु, दर्जनौं बेपत्ता !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
४३ पटक हेरिएको
Shares
भुकम्पमा परी ८ काे मृत्यु, दर्जनौं बेपत्ता !

सारांश

  • टोकियो, २१ भदौ ।
  • उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.
  • ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।

टोकियो, २१ भदौ । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।

भूकम्पपछि दर्जनौ घरहरु ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ । प्रहरी अधिकारीहरुलगायत करिब २० हजार उद्धारकर्ताहरु परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । सो उद्धारकार्यमा अरु करिब २० हजार सैनिकले पनि परिचालन गर्ने तयारी भइरहेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताए । सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९.० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो ।

(musclemx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा बन्यो उड्ने स्कुटर, यस्ता छन् विशेषता
चीनमा बन्यो उड्ने स्कुटर, यस्ता छन् विशेषता
बझाङमा एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनलाई झण्डै ५ हजारको अग्रता
बझाङमा एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनलाई झण्डै ५ हजारको अग्रता
प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)
प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो !
यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो !
काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी होः सभापति देउवा
काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी होः सभापति देउवा
राहत शिक्षक देशभरका  बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन
राहत शिक्षक देशभरका बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन
सुनको मूल्यमा सामन्य गिरावट
सुनको मूल्यमा सामन्य गिरावट
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
फ्राइडे रिलीजस् हलमा ‘न यता न उता’ र ‘रातो गलबन्दी’
फ्राइडे रिलीजस् हलमा ‘न यता न उता’ र ‘रातो गलबन्दी’