आज नेविसंघको समय सकिंदै, विवाद हुँदा कार्यालयमै नाराबाजी
सारांश
- काठमाडौं ।
- नेपाल विद्यार्थी संघको विधानले दिएको कार्यसमितिको समय आज सकिंदैछ ।
- लामो समय विवादमा परेको नेविसंघले आज विवाद टुंगो लगाउन नसकेमा कार्यसमितिको समय सकिनेछ ।
काठमाडौं । नेपाल विद्यार्थी संघको विधानले दिएको कार्यसमितिको समय आज सकिंदैछ । लामो समय विवादमा परेको नेविसंघले आज विवाद टुंगो लगाउन नसकेमा कार्यसमितिको समय सकिनेछ ।
हिजो शनिबार बसेको वैठकमा दुई गुट भएपछि विवाद टुंगिन सकेन । सभापति शेरबहादुर देउवा पक्ष र असन्तुष्ट पक्षबीच कुरा नमिलेपछि विवाद लम्बिएको हो ।
हिजो विवाद टुंगो लगाउन पार्टीका सभापति देउवा पार्टी कार्यालय सानेपा पुग्दा नेविसंघका नेताले नाराबाजी गरेका थिए ।
नेपाली कांग्रेसको भ्रातृ संगठन विद्यार्थी संघको विवाद आज आइतबार टुंगिने भएको हो । आज केन्द्रीय कार्यसमितिको समया अवधि सकिँदै भएकाले समितिको टुंगो लाग्न नसक्दा विवाद भएको हो ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति बनाउने वा वा अहिलेकै समितिलाई महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आज टुंगो लगाउने बताएको छ ।
आज दिउसो २ बजे वैठक बस्ने र नेविसंघको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा लिएर आउने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
प्रतिक्रिया