भक्तपुरमा इलेक्ट्रोनिक्स एक्स्पो हुने
सारांश
- भक्तपुर ।
- भक्तपुरको विद्युतीय सामग्री व्यवसायी संघले ‘तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०७५’ गर्ने भएको छ ।
- भक्तपुर जिल्लालाई विद्युतीय सामग्री बजारको गन्तव्य बनाउने उद्देश्यले मेला आयोजना गर्न लागेको हो ।
भक्तपुर । भक्तपुरको विद्युतीय सामग्री व्यवसायी संघले ‘तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०७५’ गर्ने भएको छ । भक्तपुर जिल्लालाई विद्युतीय सामग्री बजारको गन्तव्य बनाउने उद्देश्यले मेला आयोजना गर्न लागेको हो ।
संघले पत्रकार सम्मेलन गरी आगामी पुस २६ देखि ३० गतेसम्म मेला हुने बताएको छ । भक्तपुर सल्लाघारीस्थित नेपाल ट्रस्टको मैदानमा ५ दिने मेला हुनेछ । संघले यो तेस्रो मेला हो । प्रत्येक चार वर्षमा हुने मेलामा १७० भन्दा बढी विद्युतीय सामग्रीका स्टल रहने बताइएको छ ।
त्यसमध्ये १ सय स्टल विद्युतीय सामग्री र बाँकी ७० वटा भक्तपुरमा उत्पादित हस्तकला, काष्ठकला, अटोमोबाइल, सुनचाँदी, नेवारी खाजालगायतका स्टल रहने मेलाका संयोजक माधव प्रजापतिले जानकारी दिए ।
मेलामा विभिन्न ब्राण्डका मोबाइल, टिभी, फ्रिज, वासिङ मेशिन, एसी, कुकिङ रेञ्ज, कम्प्युटर, ल्यापटप, माइक्रोवेभ ओभनलगायत ३०० भन्दा बढी प्रकारका विद्युतीय सामग्रीको बिक्री तथा प्रदर्शनी हुनेछ । करीव ७० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको मेलामा ५० करोड बराबरको कारोवार हुने प्रक्षेपण गरिएको छ । मेलामा गुणस्तरीय सामान एकै थलोमा सहज र सुलभरुपमा उपलब्ध गराइने, प्रत्येक सामग्रीमा १५ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिने अध्यक्ष पुण्यराम खाताखोले जनाए ।
भक्तपुरको परम्परागत र साँस्कृतिक नाचगान, नृत्य प्रतियोगिता, रोटेपिङ, फन पार्कलाई समेत मेलामा राखिने जनाएको छ ।
प्रतिक्रिया