भक्तपुरमा एक लाख ७८ हजार मतदाता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
भक्तपुरमा एक लाख ७८ हजार मतदाता

सारांश

  • आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भक्तपुरमा एक लाख ७८ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् ।
  • जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईका अनुसार ती मतदातामध्ये ८६ हजार ४८० पुरुष र ९१ हजार ६१४ महिलाका साथै पाँचजना तेस्रोलिङ्गी छन् ।
  • गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा भक्तपुरबाट एक लाख ६२ हजार ८८९ मतदाता थिए ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भक्तपुरमा एक लाख ७८ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईका अनुसार ती मतदातामध्ये ८६ हजार ४८० पुरुष र ९१ हजार ६१४ महिलाका साथै पाँचजना तेस्रोलिङ्गी छन् ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा भक्तपुरबाट एक लाख ६२ हजार ८८९ मतदाता थिए । पछिल्लो समय भक्तपुरमा १६ हजार ५७० जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राईले जानकारी दिनुभयो ।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र १ (चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नं वडा) मा ४३ हजार ५५२ मतदाता छन् । यहाँ २२ मतदानस्थल र ५३ मतदान केन्द्र रहनेछ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा २ (भक्तपुर नगरपालिकाको १ देखि ९ नं वडा) मा ५० हजार ६१२ मतदाता छन् । उक्त क्षेत्रमा १६ मतदानस्थल र ५८ मतदान केन्द्र रहेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ (सूर्यविनायक नगरपालिका)मा ४४ हजार ८९ मतदाता छन् । यहाँ २३ मतदानस्थल र ५४ मतदान केन्द्र रहेको छ ।

त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ (मध्यपुर नगरपालिका)मा ३९ हजार ८४६ मतदाता छन् । यहाँ १७ मतदानस्थल र ४४ मतदान केन्द्र रहेको छ । भक्तपुरको चार नगरपालिकामा रहेको ३८ वडामा ७८ मतदानस्थल, २०९ मतदान केन्द्र रहने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित
राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित
एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
एएफसी कपको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लबले ढाका अबहानीको सामना गर्दै
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
Unlocking the Full Potential of Driver Booster 11 Pro with a Crack Download Guide
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी
मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना
मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना

तपाईंले छुटाउनुभयो कि?