घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौँ १९औँ स्थानमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौँ १९औँ स्थानमा

सारांश

  • काठमाडौँ।
  •   सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ।
  •   घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो।
काठमाडौँ।  सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ। 
घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो। 
ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा समावेश गरेको छ। 
बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौँ, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ। 
संयुक्त अधिराज्यको राजधानी लण्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको प्यारिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चाँैथो र इण्डोनेशियाको बाली पाँचौ नम्बरमा छन्। उक्त साइटले घुम्नैपर्ने शहरको सूचीमा दुबईलाई १०औँ र संयुृक्त राज्य अमेरिकाको महानगर न्यूयोर्कलाई १३औँ स्थानमा राखेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
खोप दरबन्दी कटौती नगर्न माग
खोप दरबन्दी कटौती नगर्न माग
काेराेना सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै
काेराेना सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै
चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री थापाको निर्देशन
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री  पुन
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री पुन
कांग्रेस महासमितिमा विवाद चर्कियो,बैठक स्थल खाली (फोटो फिचर)
कांग्रेस महासमितिमा विवाद चर्कियो,बैठक स्थल खाली (फोटो फिचर)
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?
त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बंगलादेश लगिने
त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बंगलादेश लगिने
विकिनीमा साम्राज्ञीको छताछुल्ल जवानी
विकिनीमा साम्राज्ञीको छताछुल्ल जवानी

तपाईंले छुटाउनुभयो कि?